आईएमईद्वारा विश्व पर्वतारोही पण्डितलाई रु.१ लाखसहित सम्मान

Technology Khabar ६ मंसिर २०७३, सोमबार

काठमाडौं ।

काठमाडौं, ६ मंसिर । अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जरो तथा अष्ट्रेलियाको सर्वोच्च शिखर कोजियसको उल्टो हिँडेर आरोहण गर्ने किर्तिमानी विश्व आरोही संजय पण्डितलाई आईएमई लिमिटेड, ग्लोबल आईएमई बैंक र अशोक लेल्याण्डको अधिकृत विक्रेता एलटी इन्टरप्राईजेजले संयुक्त रुपमा रु.१००,०००/– (अक्षेररुपी एक लाख ) सहित सम्मान गरेको छ ।

सम्मान कार्यक्रममा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रवन्ध निर्देशक हेमराज ढकाल, आईएमई अटोमोटिभ्सका निर्देशक सन्दिप अग्रवाल, ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवाली र आईएमईका प्रमुख कार्यकारी अधिकृत सुमन पोखेरेलको उपस्थिती रहेको थियो ।

अध्यक्ष ढकालले पण्डित सहासी व्यक्तित्व भएकाले सबैले उनको नेपाललाई विश्वमा चिनाउने अभियानलाई सक्दो सहयोग गर्नुपर्ने बताए ।

प्रकाशित: ६ मंसिर २०७३, सोमबार

तपाइको प्रतिक्रिया