Technology Khabar ५ मंसिर २०७३, आईतवार
काठमाडौं ।
काठमाडौं, ५ मंसिर । एप्पलले आइफोन लगायतका उत्पादनहरु अब अमेरिकामा नै बनाउन सक्ने संभावनाको बारेमा छलफल शुरु गरेको छ । एप्पलको लागि आइफोन उत्पादन गर्ने कम्पनी फक्सकनले (Foxconn) आइफोन संयुक्त राज्य अमेरिकामा उत्पादन गर्न अध्ययन शुरु गरेको दि निकाइले (The Nikkei) उल्लेख गरेको छ ।
अमेरिकाको राष्ट्रपति पदमा डोनाल्प ट्रम्पले जितेसँगै पछिल्लो दिनमा अमेरिकी कम्पनीहरुले उत्पादन स्वदेशमा नै गर्ने चर्चा शुरु भएको हो । ट्रम्पले अमेरिकामा राष्ट्रपति पदमा जितेमा रोजगारी सिर्जना गर्नका लागि अमेरिकी कम्पनीलाई स्वदेशमा नै उत्पादन गर्न लगाउने नीति ल्याउने बताउँदै आएका थिए ।
हाल अधिकांश उत्पादक कम्पनीहरुले अमेरिका भन्दा बाहिर विभिन्न मुलुकमा आफ्ना वस्तु तथा सेवा उत्पादन गर्दै आएका छन् । एप्पलले पनि आइफोन ताइवानी कम्पनी फक्सकनको कारखानामा उत्पादन गर्ने गर्दछ । यसले अधिकांश सामाग्रीहरु भने चीनियाँ कम्पनीहरुबाट खरिद गरेर आइफोन एसेम्बल गर्ने गर्दछ ।
फक्सकन टेक्नोलोजी ग्रुपले अमेरिकामा आइफोन उत्पादन लाने संभावनाको बारेमा अध्ययन गरिरहेको छ ।
‘एप्पलले आइफोन एसेम्बल गर्ने कम्पनीहरु फक्सकन तथा पेगाट्रनलाई (Pegatron) यहि जूनमा अमेरिकामा आइफोनहरु उत्पादन गर्ने बारेमा सोधेको थियो,’ स्रोतले भन्यो, ‘फक्सकनले सकारात्मकता देखायो, जबकी पेगाट्रोनले लागत सम्बद्ध देखाएर यस्तो योजनाको बारेमा नकार्यो ।’
यसअघि नै एप्पलले अमेरिकाको टेक्सास राज्यमा म्याकलाई सहयोग पुग्ने गरि केहि हार्डवेयर उत्पादनमा लगानी गरिसकेको छ ।
रिपोर्टकाअनुसार फक्सकनको ५० प्रतिशत भन्दा बढि बिक्री एप्पललाई गर्ने गर्दछ, जसको कारण फक्सकनले यो विषयमा काम गर्न शुरु गरेको बताईएको छ । तर कम्पनीका अध्यक्ष टेरी गोउले भने उत्पादन लागत बढ्ने अवस्थाले गर्दा यसमा कम उत्साहित भएको बताईएको छ । आइफोनको उत्पादन लागत अमेरिकामा बनाउँदा हालको उत्पादन लागत भन्दा दोब्बर बढि हुने बताईएको छ ।
अनुसन्धान कम्पनी अाईएचएसका(IHS) अनुसार आइफोन सेभेन ३२ जीबी स्टोरेजसहितको बनाउँदा करिब २२५ अमेरिकी डलर एप्पलका लागि लागत पर्दछ, जबकी यो उत्पादनको मूल्य ६४९ डलर रहेको छ ।
प्रकाशित: ५ मंसिर २०७३, आईतवार