नियोन उत्पादनमा गिरावट आएसँगै चिप उत्पादक कम्पनीहरु संकटमा

  • Technology Khabar | १२ चैत्र २०७८, शनिबार
नियोन उत्पादनमा गिरावट आएसँगै चिप उत्पादक कम्पनीहरु संकटमा

काठमाडौं ।

रुस-यूक्रेन युद्धका कारण नियोन उत्पादनमा ह्रास आएकाले विश्वका चिप निर्माताहरुलाई संकट पर्न थालेको छ।

नियोन चिप उत्पादन प्रक्रिया प्रयोग हुने लिथोग्राफीका लागि अपरिहार्य एक प्रकारको लेजर हो जसले साना सानासिलिसकनका टुक्रामा चिपको प्याटर्न कुँद्ने गर्दछ।

नियोन चिप उत्पादन प्रक्रिया प्रयोग हुने लिथोग्राफीका लागि अपरिहार्य एक प्रकारको लेजर हो जसले साना सानासिलिसकनका टुक्रामा चिपको प्याटर्न कुँद्ने गर्दछ।

यस प्रकारका नियोन उत्पादन गर्ने मेशिन नेदरल्याण्डसको एएसएमएल नामक कम्पनीले उत्पादन गर्ने र विश्वको समग्र नियोन उत्पादनको आधा यूक्रेनका कम्पनीहरुमार्फत् हुने सेमिकन्डक्टर अनुसन्धान संस्था बेन एन्ड को का विश्लेषक पिटर ह्यानबरीलाई उद्धृत गर्दै सीएनबीसी डटकमले लेखेको छ।

चिप अभावले विश्व नै आक्रान्त भइरहेको बेला रुसले यूक्रेनमाथि गरिरहेको हमलाका कारण नियोन उत्पादनमा उल्लेख्य कमी आएपछि यो क्षेत्रमा थप संकट देखा परेको हो।

यूक्रेनमा नियोन उत्पादन गर्ने कम्पनीहरु मारियुपोलको इग्नास तथा ओडेसाका क्राओइन तथा आइसब्लिक लगायतका छन्।

प्रकाशित: १२ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...