२०२१ मा १९ करोड थान शाओमी फोन बिक्री: रिपोर्ट

  • Technology Khabar | १२ चैत्र २०७८, शनिबार
२०२१ मा १९ करोड थान शाओमी फोन बिक्री: रिपोर्ट

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सन् २०२१ मा १९ करोड थान स्मार्टफोन बिक्री गरेको छ।

कम्पनीले हालै जारी गरेको सन् २०२१ को आम्दानी विवरणमा उक्त तथ्याङ्क उल्लेख गरिएको छ।

विवरणअनुसार बेइजिङमा रहेको उक्त कम्पनीले ३२८ अर्ब चिनियाँ यूआन आदानी गरेको देखिएको छ जुन अघिल्लो वर्षको तुलनामा ३३.५ प्रतिशतले बढी भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यस्तै कम्पनीको २०२१ को खुद नाफा २२ अर्ब चिनियाँ यूआन रहेको बताइएको छ जुन २०२० को तुलनामा ६९.५ प्रतिशतले बढी हो।

कम्पनीको समग्र आम्दानीमा स्मार्टफोन सेगमेन्टको महत्वपूर्ण हिस्सा रहेको थियो।

२०२१ मा कम्पनीले १९ करोड थान डिभाइस विश्वभर बिक्री गरेको र उक्त आँकडा २०२० को तुलनामा ३० प्रतिशतले बढी भएको तथ्याङ्कमा उल्लेख छ।

१९ करोडमध्ये २ करोड ४० लाख थान प्रिमियम सेगमेन्टका रहेका र यो आँकडा वार्षिक हिसाबले हेर्दा १६० प्रतिशतले वृद्धि रहेको बुझिएको छ।

प्रकाशित: १२ चैत्र २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार