विद्युुतीय राहदानी वितरण सुरु

  • Technology Khabar | ११ चैत्र २०७८, शुक्रबार
विद्युुतीय राहदानी वितरण सुरु

काठमाडौं ।

जिल्ला प्रशासन कार्यालय अछामले विद्युतीय राहदानी प्रदान गर्न थालेको छ। उपकरण र सर्भर जोडेर विद्युतीय राहदानी प्रदान गर्न थालिएको प्रमुख जिल्ला अधिकारी (प्रजिअ) विश्वराज मरासिनीले जानकारी दिए।

हालसम्म १५ जनाले विद्युतीय राहदानीका लागि आवेदन दिएको र राहदानी आउने प्रक्रियामा रहेको कार्यालयको राहदानी फाँटका टङ्कप्रसाद ढुङ्गानाले जानकारी दिए।

विद्युतीय राहदानी प्रदान गर्ने भन्दै गएको मङ्सिर २ गतेबाट कार्यालयले राहदानी वितरण बन्द गरेको थियो। राहदानी आवश्यक भएको व्यक्तिले मङ्सिरदेखि फागुनसम्मको अवधिमा ललितपर जिल्ला जानुपर्ने बाध्यता थियो।

राहदानीका लागि अनलाइन भरेको बढीमा २५ दिनभित्र कार्यालयमा विद्युतीय राहदानी पुग्ने जिल्ला प्रशासन कार्यालय अछामले जानकारी दिएको छ। यसअघि जिल्ला प्रशासन कार्यालय अछाममा राहदानीका लागि प्रक्रिया पूरा गरेका एमआरपी पाउन तीन महिनासम्म कुर्नुपर्ने बाध्यता थियो।

“सबै यही तीन चरणमा भेरिफाइ हुन्छ, एमआरपीका लागि आवेदन दिएकामध्येमा केहीको महिनौंपछि बिग्रेर आउने समस्या हुँदैन,” प्रजिअ मरासिनीको भनाइ छ।

विद्युतीय राहदानीमा चिप्सको सुरक्षित प्रयोग हुने भएकाले यसलाई विशेष रूपमा लिइने गरिएको छ। चिप्समा व्यक्तिगत विवरणसहित आँखाको रेटिना, औँठाछापलगायत फिचर’ राखिएका हुन्छन्। गोरखापत्रबाट

प्रकाशित: ११ चैत्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार