निर्वाणको पूर्व सञ्चारमन्त्री बाँस्कोटामाथि आरोप- ‘एमडब्लूसीबाट फर्केर आएपछि २५ लाखको प्रोप्रागाण्डा’

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
निर्वाणको पूर्व सञ्चारमन्त्री बाँस्कोटामाथि आरोप- ‘एमडब्लूसीबाट फर्केर आएपछि २५ लाखको प्रोप्रागाण्डा’

काठमाडौं ।

पूर्व सञ्चार मन्त्री गोकुल प्रसाद बाँस्कोटा र चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीबीच ‘ट्वीटे दोहोरी’ चलिनै रहेकोछ। हिजो बुधबारको ट्वीटमा चौधरीले मोबाइल वर्ल्ड कंग्रेसमा पूर्व सञ्चार मन्त्री बाँस्कोटा सीजी टेलिकमका लागि धाएको भनेर त्यसबेलाको फोटोसहित ट्वीट गरेका थिए ।

उनले टर्कसेलसँगको सम्झौतामा तत्कालिन मन्त्रीसहित नेपाल दूरसञ्चार प्राधिकरणका अधिकारीहरु उपस्थित भएको तस्बिर नै राखेका छन्। सो तस्बिरमा उनले अनुमति पत्र दिने मन्त्रिपरिषदको निर्णयपछि कार्यक्रममा सहभागी भएको तर पछि कसले कसरी प्रभावित पार्यो भन्ने प्रश्न समेत गरेका छन् ।

सम्बन्धित समाचार-

सीजीका निर्वाणको प्रश्न- बार्सिलोना धाएका बाँस्कोटालाई अचानक कसले के गरेर प्रभाव पार्यो ?

उता पूर्व मन्त्री बाँस्कोटाले भने आफू ईच्छाले नगएको दाबी गर्दै जवाफ दिएका छन्। जसमा मेला भर्न जाँदा सो कार्यक्रममा सहभागी भएको दाबी गरेका छन् ।

बाँस्कोटाले ट्वीटमा भनेका छन्, “मेला भर्न गगो बाटोमै भेट भको,विश्व मोबाईल कंग्रेसमा। हेक्का रहोस सत्य एउटा मात्र हुन्छ। चोरबाटोबाट दिने निर्णय प्रचणड क्याविनेटले जादांजादैं गरेको हो। हामीले होईन।”

निर्वाणको सो ट्वीटमा निकै प्रतिक्रियाहरु आएका छन् भने बाँस्कोटाले दिएको जवाफमा पनि थप प्रतिकृयाहरु रहेका छन् ।

यसैबिच निर्वाणले अर्को ट्वीट गरेर तत्कालिन मन्त्री बाँस्कोटा सबै कुरा बुझेर पूर्व तयारीसाथ सम्मेलनमा गएको दाबी गरेका छन् । उनले मन्त्री जस्तो मानिसलाई कसरी आफूले तानेर लान सक्छ र भन्ने प्रश्न गर्दै फर्केपछि कुरा फेरेको आरोप लगाएका छन् ।

मन्त्रीले २५ लाखको प्रोप्रागाण्डा शुरु गरेको समेत आरोप प्रबन्ध निर्देशक चौधरीले बाँस्कोटामाथि लगाएका छन्।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार