आईफोन निर्माता फक्सकनको पहिलो इलेक्ट्रिक कारको प्रि-बुकिङ यसै वर्ष शुरु हुने

  • Technology Khabar | १० चैत्र २०७८, बिहीबार
आईफोन निर्माता फक्सकनको पहिलो इलेक्ट्रिक कारको प्रि-बुकिङ यसै वर्ष शुरु हुने

काठमाडौं ।

सन् २०२१ मा आफ्नो कन्सेप्ट कार विश्वसामु प्रस्तुत गर्ने क्रममा एप्पलका लागि आइफोन उत्पादन गर्ने ताइवानी कम्पनी फक्सकनले विद्युतीय सवारीसाधन बजारमा प्रवेश गर्ने निर्णय गरेको छ।

कम्पनीले त्यसबेला देखाएका तीन कन्सेप्ट इलेक्ट्रिक कारहरू मध्ये एउटा फक्सट्रोन मोडल सी ईभी (Foxtron Model C) थियो, जुन यस वर्ष प्रि-अर्डरको लागि तयार भएको भनिएको छ।

यो विद्युतीय कारले ३.८ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्ने कम्पनीको दाबी छ। यो ७ सिटर इलेक्ट्रिक एसयूभी कार हो।

गीज्मोचाइनाको रिपोर्टअनुसार, फक्सकनले अक्टोबर १८,२०२१ मा फक्सट्रोन मोडल सी इलेक्ट्रिक कार ल्याएको थियो र अब ब्रान्डले यसलाई यस वर्षको फक्सकन टेक्नोलोजी दिवसमा प्रि-अर्डरको लागि उपलब्ध गराउन सक्छ, जुन अक्टोबर १८ मा हुने तय गरिएको छ।

यसबाहेक,मोडल सी एसयूभीको प्रि-अर्डर सुरु गरेपछि, कम्पनीले अर्को वर्षको पहिलो अर्धवार्षिक यो कारको ठूलो मात्रा उत्पादन सुरु गर्ने पनि रिपोर्ट गरिएको छ।

कम्पनीले दावी गरेको छ कि मोडल सीले मात्र ३.८ सेकेन्डमा शून्य देखि १०० किमी/घन्टाको गति लिन सक्छ। यसले एडब्लुडी ड्राइभ प्रणाली पाउनेछ, जसले अधिकतम ४०० एचपी पावर र ७०० एनएमको पीक टर्क उत्पादन गर्न सक्षम छ। हाल कम्पनीले यसको दायरा बारे जानकारी दिएको छैन।

रिपोर्टले कम्पनीको ईभी प्लेटफर्मको नाम एमआईएच ओपन प्लेटफर्म राखिएको बताएको छ र नयाँ इलेक्ट्रिक कारहरू विकास गर्न ओईएमहरुको लागि खुला स्रोत सलुसन रहने छ। ताइवानी कम्पनीले पनि उही प्लेटफर्म प्रयोग गरेर आफ्ना कारहरू बनाइरहेको छ र सकेसम्म धेरै ओईएमहरूसँग साझेदारी गर्ने लक्ष्य राखेको छ।

फक्सकनले ताइवानमा आधारित अटोमेकर युलोन ग्रुपसँग संयुक्त उद्यम स्थापना गरेको छ र नवगठित संस्थाको नाम होङहुआ एडभान्स्ड छ भने कम्पनीको अंग्रेजी नाम फक्सट्रोन राखिएको छ।

प्रकाशित: १० चैत्र २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार