
काठमाडौं ।
मिजुहो फाइनान्सियल ग्रुप इंकले आफ्ना जापानी फर्मका ग्राहकहरूलाई अझ प्रभावकारी रूपमा सेवा दिन गुगलसँग रणनीतिक गठबन्धन बनाउने योजना बनाएको बताएको छ।
सम्झौता अन्तर्गत, जापानी वित्तीय समूहले आफ्नो ग्राहक सेवा गुणस्तर सुधार गर्न ग्राहकको कारोबार डाटा विश्लेषण गर्ने गुगलको ज्ञानको उपयोग गर्ने लक्ष्य राखेको छ।
यसले गुगल क्लाउड प्लेटफर्म प्रयोग गरेर अन्य वित्तीय सेवाहरू पनि प्रस्ताव गर्ने योजना बनाएको जनाएको छ।
यसको लागि मिजुहोले गुगल क्लाउड जापान जीकेसँग साझेदारी गरेको एक विज्ञप्तिमा बताएको छ। गुगलको डाटा एनालिटिक्स टेक्नोलोजी प्रयोग गरी ग्राहकहरूको प्राथमिकताहरू बारे रियल टाइम इन्साइट उत्पन्न गर्न र ग्राहक सन्तुष्टि बढाउन सहज हुने उल्लेख छ।
क्यादो न्यूज डट नेटको रिपोर्टअनुसार जापानी समूह, जसले आफ्नो प्रमुख बैंकिङ इकाईमा बारम्बार हाई-प्रोफाइल प्रणाली विफलता भोगेको छ र यसले गुगलको सुरक्षा ईन्जिनियरिङ विशेषज्ञता र विकास प्रक्रियाहरूलाई यसको प्रणालीलाई आधुनिकीकरण गर्न ट्याप गर्ने जनाएको छ।
प्रकाशित: १० चैत्र २०७८, बिहीबार