गुगल फोटोजले स्क्रीनशट एडिट र व्यवस्थापनलाई सहज बनाउने

  • Technology Khabar | ९ चैत्र २०७८, बुधबार
गुगल फोटोजले स्क्रीनशट एडिट र व्यवस्थापनलाई सहज बनाउने

काठमाडौं ।

गुगल फोटोजले छिट्टै स्क्रीनशट एडिट तथा व्यवस्थापन गर्ने कार्यलाई सहज बनाउने भएको छ।

कम्पनीले गुगल फोटोजमा भएको लाइब्रेरी तथा शेयरिङ ट्याबलाई यूजर इन्टरफेसका हिसाबले निकै परिमार्जन गर्ने भएको बुझिएको छ।

मंगलबार कम्पनीले केही हप्ताभित्रै गुगल फोटोजका लागि अपडेट गरिएक लाइब्रेरी ट्याब रोलआउट गर्ने जानकारी दिएको एक्सडीए-डेभलपर्स डट कमले उल्लेख गरेको छ।

यसले यूजरलाई उक्त एपमा फोटो तथा भिडियो व्यवस्थापन गर्न सहज बनाउने कम्पनीको दावी छ। यसै हप्ता शेयरिङ ट्याबको डिजाइन हल्का परिमार्जन हुनेछ जसमा शेयर एल्बम, पार्टनर शेयरिङ तथा कुराकानी सहजरुपमा प्राप्त गर्नका लागि छुट्टाछुट्टै ट्याब दिइएको हुनेछ।

यसबाहेक गुगलले गुगल फोटोजमा स्क्रीनशस एडिट र म्यानेज गर्नका लागि दुई ओटा नयाँ फिचर पनि उपलब्ध गराउनेछ।

प्रकाशित: ९ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार