
काठमाडौं ।
आईओएसको नयाँ भर्सन १५.४ अपडेट गरेपछि ब्याट्री छिट्टै सकिने समस्या आएको केही प्रयोगकर्ताले गुनासो गरेका छन्।
कम्पनीले आईओएस १५.४, आईप्याडओएस १५.४, वाचओएस ८.५, म्याकओएस मोन्टेरे १२.३, टीभीओएस १५.४ तथा होमप्याड सफ्टवेयर १५.४ यसै हप्ता सार्वजनिक गरेको हो।
यो भर्सनको सबैभन्दा उल्लेख्य फिचर मास्क लगाएकै बेलामा पनि फेस आईडीमार्फत् फोन अनलक हुने र त्यसका लागि एप्पल वाच नचाहिने थियो।
तर ओटीएमार्फत् यो अपडेटपछि केही प्रयोगकर्ताले ब्याट्री छिट्टै सकिने गुनासो गरेका हुन्। गुनासो अनुसार आईफोन १३ प्रो म्याक्समा आधा दिनमात्र तथा पुरानो आईफोन ११ को ब्याट्री २४ घण्टामा ८० प्रतिशत घटेको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ७ चैत्र २०७८, सोमबार