
काठमाडौं ।
नेटफ्लिक्सको पासवर्ड अरुलाई शेयर गरेमा अब शुल्क लाग्ने भएको छ।
जीएसएमएरिनाका अनुसार नेटफ्लिक्सले तोकिएका डिभाइसबाहेक अन्यमा लगइन गर्नका लागि पासवर्ड शेयर भएको थाहा पाउने सफ्टवेयरको विकास गरिरहेको छ।
यसरी थाहै नदिई अरुलाई पासवर्ड शेयर गर्ने प्रवृत्ति बढेपछि कम्पनीको आम्दानीमा प्रभाव परेकाले यस्तो प्रविधि ल्याउन लागेको बुझिएको छ।
हालै एउटा नयाँ ब्लगमा नेटफ्लिक्सले चिली, कोस्टारिका र पेरुमा पासवर्ड शेयर गरेको थाहा पाउने दुई ओटा एप्लिकेशन परीक्षण गर्ने बताएको छ।
उक्त पोस्टमा नेटफ्लिक्सले कुनै पनि एकाउन्ट एक घरबाहेक अन्यमा प्रयोग हुन नहुने प्रस्ट पारेको छ। नेटफ्लिक्सले आम्दानी घटेकाले ग्राहकको रुची अनुसारको सामग्री उत्पादन तथा उपलब्ध गराउनमा समस्या पर्नसक्ने पनि उल्लेख गरेको छ।
केही हप्ताभित्र नेटफ्लिक्सले सब एकाउन्ट नाम गरेको र आधिकारिक रुपमा एक्स्ट्रा मेम्बर भन्ने सफ्टवेयर चिनी, कोस्टारिका र पेरुमा परीक्षण गर्ने पनि ब्लगमा उल्लेख गरेको छ।
प्रकाशित: ३ चैत्र २०७८, बिहीबार