ईन्जिनियर्स एशोसिएसनको निर्वाचनमा कांग्रेस निकट सिडेनको प्यानल नै बिजयी

  • Technology Khabar | २ चैत्र २०७८, बुधबार
ईन्जिनियर्स एशोसिएसनको निर्वाचनमा कांग्रेस निकट सिडेनको प्यानल नै बिजयी
नेपाल ईन्जिनियर्स एशोसिएशन (नेइए)को पुल्चोक ललितपुरमा रहेको कार्यालय भवन । फाइल तस्बिर

काठमाडौं ।

ईन्जिनियरहरूको छाता संस्था नेपाल ईन्जिनियर्स एशोसिएसनको नयाँ कार्यसमितिको निर्वाचनमा कांग्रेस निकट ईन्जिनियरहरूको संस्था सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स (सिडेन) को प्यानल नै विजयी भएको छ।

डा. हरिबहादुर दर्लामीको नेतृत्वमा ३३औं केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दिएका २३ जना नै विजयी भएका छन्।

एसोसिएसनको चुनावमा कांग्रेसबाटै दुई प्यानल प्रतिस्पर्धामा थियो।कांग्रेसका दुईसहित कुल पाँच प्यानलबीच चुनाव हुँदा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवारले चुनाव जितेका हुन्।

नेकपा एमाले निकट राष्ट्रिय प्रगतिशील गठबन्धनको तर्फबाट डा सुरज लामिछानेको टिम चुनावमा प्रतिस्पर्धा गरिरहेको थियो।

त्यसैगरी नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी) एकीकृत प्रगतिशील समूह र जसपा निकट नेपाल ईन्जिनियरिङ संघको तर्फबाट संयुक्तरुपमा इ डा हरिराम पराजुली तथा नेपाल मजदुर किसान पार्टी निकट ईन्जिनियर समाज नेपालका ई राजेन्द्रप्रसाद हाडाको समूह प्रतिस्पर्धामा उत्रिएका थिए।

अध्यक्षमा दर्लामीले उनका निकटम प्रतिद्धन्दी डा. सुरज लामिछानेको भन्दा करिब १ हजार बढी मत ल्याएका छन्।

बिजयी समूहको तर्फबाट केन्द्रिय कार्यसमिति सदस्य रहेका मनिष मल्लिकले आज बेलुका औपचारिकरुपमा चुनावी मत परिणाम घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिए।

“हाम्रो टिमले नै जितेको छ। आज बेलुका ५ बजे औपचारिकरुपमा चुनावी मतको घोषणा हुने कार्यक्रम राखिएको छ। पदभार ग्रहण होलीपछि हुने संभावना छ,” उनले टेक्नोलोजीखबरसँग भने।

ईन्जिनियर्स एशोसिएसनको देशभर नै केन्द्र र प्रदेशहरुका लागि चुनाव भएको थियो।

प्रकाशित: २ चैत्र २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • २ चैत्र २०७८, बुधबार

NOC from Nagarik App

  • २ चैत्र २०७८, बुधबार

E-pension verification system launched

  • २ चैत्र २०७८, बुधबार