
काठमाडौं ।
हंगेरीका एक खगोलविद्ले मार्च ११ मा एउटा क्षुद्रग्रह पत्ता लगाए तर त्यो खोजको दुई घण्टापछि नै करिब ३ मिटर चौडाइको उक्त क्षुद्रग्रह पृथ्वीको वायुमण्डलसँग ठोक्किएको छ।
यसलाई २०२२ ईबी५ (2022 EB5) नाम दिइएको छ। यो क्षुद्रग्रह आइसल्याण्डको उत्तरमा ठोक्किएको हो। विशेष कुरा के छ भने २०२२ ईबी५ हाम्रो पृथ्वीमा ठोक्किने पाँचौं क्षुद्रग्रह हो, जुन पत्ता लागेको केही समयपछि नै पृथ्वीसँग ठोक्कियो। तिनीहरूको खोजको लगत्तै पृथ्वीसँग यसअघि ठोक्किएका चार ज्ञात क्षुद्रग्रहहरूमा २०१४ एए, २०१८ एलए, २००८ टीसी३ र २०१९ एमओ समावेश छन्।
हालै तारिफा डटकमको एक रिपोर्टले क्षुद्रग्रह बुडापेस्ट नजिकको कोन्कोली अब्जर्भेटरीका हंगेरी खगोलविद् राइजित्सायन सेर्नेज्कीद्वारा पत्ता लगाइएको थियो। पृथ्वीमा ठोक्किए पनि यसले कुनै क्षति पुरयाउने सम्भावना भने छैन्।
रिपोर्टकाअनुसार आइसल्याण्डका केही मानिसहरूले चर्को आवाज सुने र उज्यालो बत्तीहरू देखेका थिए। अन्तर्राष्ट्रिय मौसम संगठन अब ती साक्षीहरूको खोजीमा छ र उनीहरुसँग कुराकानी गरेर क्षुद्रग्रह पृथ्वीको वायुमण्डलमा प्रवेश गर्दा के भयो भन्ने बुझ्न सकिनेछ।
अर्थस्काई डट ओआरजीको एक रिपोर्टअनुसार, कुनै वस्तु लगभग ११ माइल प्रति सेकेन्ड वा १८.५ किलोमिटर प्रति सेकेन्डको गतिमा चलिरहेको थियो। रिपोर्टअनुसार पृथ्वीसँग घर्षणका कारण उक्त वस्तुको सबै वा अंश वाष्पीकरण भएको हुनुपर्छ।
आइसल्याण्डका केही व्यक्तिहरूले दावी गरिरहेका छन् कि उनीहरूले चम्किलो प्रकाश देखे र आवाज सुनेका थिए। अहिले दाबी गर्नेहरुसँग कुराकानी भइरहेको बताइएको छ।
गत महिना पनि करिब १.३ किलोमिटर आकारको विशाल क्षुद्रग्रह पृथ्वीतर्फ आएको जानकारी आएको थियो। मार्च ४ मा यो पृथ्वीको नजिक पुगेको थियो। १३८९७१ (२००१ सीबी२१) नामको यो क्षुद्रग्रहलाई सम्भावित खतरनाक मानिएको थियो। जब यो पृथ्वीको नजिक आयो । तर यो र हाम्रो ग्रह बीचको दूरी ४५ लाख किलोमिटर थियो। यो क्षुद्रग्रहले २६,८०० माइल प्रतिघण्टाको गतिमा यात्रा गरेको थियो।
प्रकाशित: २ चैत्र २०७८, बुधबार