
काठमाडौं ।
एप्पलले भर्खरै आफ्नो सबैभन्दा सस्तो फाइभजी आईफोन लन्च गरेको छ। आईफोन एसई २०२२ धेरै चर्चामा छ र बजेट आईफोन भनेर चिनिने यसको प्रि-बुकिङका लागि पनि राम्रो प्रतिक्रिया पाइरहेको छ।
अब एप्पलले सबैभन्दा बलियो आईफोन लन्च गर्न लागेको छ, जसको लागत महँगो तर नयाँ र थप फिचर्स हुनेछ। यो फोन आएपछि आईफोन मिनीको बिदाई लगभग पक्का हुनेछ।
आईफोन १४ म्याक्स
फोनको स्क्रिन साइज सानो र मूल्य निकै महँगो भएकाले आईफोनको मिनी सिरिजले राम्रो प्रतिक्रिया दिन सकेको छैन्। यसमा ब्याट्री पनि धेरै कम छ। भ्यानिला मोडलभन्दा १०० डलर कम मूल्यमा पनि यो फोनले मानिसहरुको मन जित्न सकेन। त्यसैले पनि अब यसको ठाउँमा नयाँ फोन आउन लागेको छ, जुन निकै शक्तिशाली रहेको बताइएको छ।
यो वर्ष लन्च हुन सक्ने नयाँ आईफोनको नाम आईफोन १४ म्याक्स हुनेछ, जसको स्क्रिन साइज आईफोन १४ प्रो म्याक्सको जस्तै हुनेछ र यो फोनले प्रो मोडललाई प्रतिस्थापन गर्नेछ।
आईफोन १४ म्याक्सको मूल्य
आईफोन १३ मिनीको बजार मूल्य आईफोन १३ को १०० अमेरिकी डलर कम छ। तर आईफोन १४ म्याक्सको मूल्य आईफोन १४ भन्दा १०० डलर बढी हुनेछ। र यसमा प्रो मोडल जस्ता फिचरहरू प्राप्त हुनेछन्। यसले ठूलो स्क्रिनको साथ पावरफूल ब्याट्री प्राप्त गर्ने सम्भावना पनि छ।
आईफोन १४ सिरिजमा ४ ओटा मोडल
चर्चित एप्पल विश्लेषक मिंग-ची कुओले आगामी आईफोन १४ दायराका नामहरू उल्लेख गरेका छन्।
कुओले भने, “आइफोनको नामकरणका लागि एप्पलको नियमअनुसार, दोस्रो अर्ध वार्षिकमा आउने चार नयाँ आईफोनहरूलाई आईफोन १४ (६.१”), आईफोन १४ म्याक्स (६.७”), आईफोन १४ प्रो (६.१”), र आईफोन १४ प्रो म्याक्स (६.७”) नाममा सार्वजनिक गर्न सक्नेछ।
कुओले गरेको भविश्यवाणी र अनुमान आईफोनको हकमा अधिकांश मिल्ने हुँदा यो नयाँ अनुमान पनि सहि हुनसक्नेछ।
प्रकाशित: ३० फाल्गुन २०७८, सोमबार