अभास्टले पनि रुस र बेलारुसमा आफ्ना सेवा रोक्ने

  • Technology Khabar | २८ फाल्गुन २०७८, शनिबार
अभास्टले पनि रुस र बेलारुसमा आफ्ना सेवा रोक्ने

काठमाडौं ।

बेलायतको लण्डनमा मुख्यालय रहेको साइबर सेक्युरिटी कम्पनी अभास्टले पनि रुस र बेलारुसमा आफ्ना सेवा बन्द गर्ने भएको छ।

रुसले यूक्रेनमाथि गरेको हमलाका कारण आफ्ना सेवा तथा उत्पादन बन्द गर्दै आएका थुप्रै पश्चिमा देशहरुको सूचीमा उभिने गरी कम्पनीले शुक्रबार यस्तो निर्णय गरेको हो।

गत वर्ष अभास्टको सम्पूर्ण आम्दानीको १.५ प्रतिशत यूक्रेन, रुस तथा बेलारुसबाट मात्रै भएको तथ्याङ्क छ। यूक्रेनका सशुल्क उपभोक्ताको लाइसेन्सको म्याद नि:शुल्क रुपमा बढाइने अभास्टले बताएको छ।

यसअघि सोनी, निन्टेन्डो, इन्टरनेट ब्याकबोन प्रोभाइडर कोजेन्ट, टिकटक, एक्टिभिजन ब्लिजार्ड, एपिक गेम्स, एप्पल, पेपल, तथा एयरबीएनबीलगायतले रुसमा आफ्ना सेवा बन्द गरिसकेका छन्।

प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार