
काठमाडौं ।
आजको समयमा, फोन मानिसको लागि एक धेरै महत्त्वपूर्ण उपकरण हो।हरेक समय यसको प्रयोग अत्यावश्यक हुने गर्दछ।
तर धेरै पटक यस्तो हुन्छ कि तपाईले आफ्नो एन्ड्रोइड फोनमा सिम कार्ड राख्नुभयो भने पनि त्यो फोनमा नेटवर्क देखा पर्दैन। यस्तो अवस्थामा तपाईलाई फोन बिग्रिएको छ वा सिमकार्ड खराब छ भन्ने लाग्दछ। यस्तो अवस्थामा तपाईले आत्तिनु पर्दैन, किनकी तपाईको सिम कार्ड फोनमा राम्ररी घुसाइएको छैन वा सफ्टवेयरको समस्या पनि हुन सक्छ। तपाईं फोनमा सिम कार्ड सम्बन्धित समस्याहरू आफैं समाधान गर्न सक्नुहुन्छ। र यसको लागि कुनै सर्भिस सेन्टर वा अन्य पसलेलाई रकम तिर्नुपर्ने अवस्था आउँदैन् ।
हामी यहाँ तपाईँलाई आफ्नो फोनमा नेटवर्क देखिएको छैन भने कसरी समस्या समाधान गर्ने भनेर जानकारी दिनेछौं।
एयरप्लेन वा फ्लाइट मोड अन गर्नुहोस्: सिम कार्डसँग सम्बन्धित समस्याहरू एयरप्लेन मोडमा गरेर पनि समाधान गर्न सकिन्छ। एयरप्लेन मोड इनेबल गर्न, फोनको माथिल्लो भागबाट शर्टकट सेटिङ प्यानल तल स्वाइप गर्नुहोस्। यहाँ तपाईंले एयरप्लेन मोड (Airplane/Flight Mode) को विकल्प देख्नुहुनेछ। यसलाई १० देखि २० सेकेन्डको लागि सक्रिय गरेपछि, यसलाई अफ गर्नुहोस्। यसपछि नेटवर्कले फोन खोज्न थाल्छ। यस बेलामा यसमा सिम कार्ड पनि डिटेक्ट गर्न सक्छ।
सिम कार्ड जाँच गर्नुहोस्: तपाईंले यो पनि जाँच गर्नुपर्छ कि सिम कार्ड गल्तीले टगल अफ भएको छैन। यस अवस्थामा, तपाईंले सेटिंग्स>नेटवर्क एण्ड इन्टरनेट>सिम कार्डहरूमा जानुपर्छ। यहाँ सिमको लागि टगल अन गर्नुहोस्। यदि तपाइँ फोनमा डुअल सिम प्रयोग गर्दै हुनुहुन्छ भने, त्यसपछि दुबै टगलहरू स्विच अन गर्नुहोस्।
नेटवर्क टाइप परिवर्तन गर्नु महत्त्वपूर्ण: यदि तपाईंले आफ्नो फोनमा नेटवर्कको प्रकार चयन गर्नुभएको छैन भने यसलाई स्वत अटो मोडमा स्विच गर्नुपर्नेछ। यसका लागि सेटिङ्गस > नेटवर्क एण्ड इन्टरनेट> मोबाइल नेटवर्क> प्रिफर्ड नेटवर्कटाइप मा जानुहोस् । यहाँ तपाईँले अटो मोड वा सिफारिस गरिएको मोड चयन गर्न सक्नुहुन्छ।
नेटवर्क अपरेटर चयन: सिम कार्डको सिग्नल जाँच गर्नका लागि नेटवर्क अपरेटर म्यानुअल रूपमा चयन गर्नुपर्छ। अपरेटर चयन गर्नका लागि, जानुहोस् सेटिङ्स>नेटवर्क एण्ड इन्टरनेट>मोबाइल नेटवर्क>एडभान्स>अटोमेटिकली सेलेक्ट नेटवर्क गर्नुहोस्। यहाँ तपाईँले आफ्नो नेटवर्क अपरेटर चयन गर्न सक्नुहुन्छ।
एक्सेस प्वाइन्टमा नाम परिवर्तन गर्नुहोस्: तपाईंले एपीएन सेटिङ्समा एक्सेस प्वाइन्टको नाम म्यानुअल रूपमा परिवर्तन गर्न सक्नुहुन्छ। यसका लागि, तपाइँले अपरेटरलाई फरक फोनबाट कल गर्नुपर्छ र एपीएन सेटिङ्स बारे जानकारी लिनुपर्छ। एकचोटि तपाईंले एपीएन प्राप्त गरेपछि, सेटिङ्स>नेटवर्क एण्ड इन्टरनेट>मोबाइल नेटवर्कहरू>एडभान्स>एक्सेस पोइन्ट नामहरूमा जानुहोस्, यहाँ ‘+’ आइकनमा ट्याप गर्नुहोस्। त्यसपछि अपरेटरबाट सेटिङ थप्नुहोस्। एक पटक सिमकार्ड निकालेर फोनमा फेरी राख्दा पनि यो समस्यालाई हटाउन सकिन्छ।
फोन रिस्टार्ट गर्न नबिर्सनुहोस्ः यदि सिम कार्ड फेला परेन भने यो सफ्टवेयर समस्या पनि हुन सक्छ। कहिलेकाहीँ फोन रिस्टार्ट गर्दा पनि यो समस्या समाधान हुनसक्छ।
प्रकाशित: २८ फाल्गुन २०७८, शनिबार