सोनी र निन्टेन्डोद्वारा पनि रुसमा गेम शिपमेन्ट बन्द

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
सोनी र निन्टेन्डोद्वारा पनि रुसमा गेम शिपमेन्ट बन्द

काठमाडौं ।

सोनी ग्रुप कर्पको गेम डिभिजन तथा निन्टेन्डोले रुसमा आफ्ना गेमिङ हार्डवयर र सफ्टवेयर नपठाउने निर्णय गरेका छन्।

यी दुवै गेमिङ प्लेटफर्महरुले यूक्रेनमाथि रुसले गरेको हमलाका सिलसिलामा यस्तो निर्णय गरेका रोयटर्सले उल्लेख गरेको छ।

प्लेस्टेशन ५ कन्सोल निर्माण गर्ने सोनी इन्टरएक्टिभ इन्टरटेन्मेन्टले रुसमा ग्रान टुरिज्मो ७ नामक रेसिङ गेम लञ्च तथा प्लेस्टेशन स्टोर सञ्चालन पनि रद्द गरेको बताएको छ।

सोनी ग्रुपले यूएनएचसीआर तथा सेभ द चिल्ड्रेनलाई युद्धका पीडितहरुको सहयोगका लागि २० लाख डलर उपलब्ध गराउने घोषणा पनि गरेको छ।

यस्तै निन्टेन्डोले रुसमा बन्दोबस्तीका सामान तथा भौतिक सामग्री वितरणमा देखिएको अस्पष्टता तथा असहजताका कारण आफ्ना सबै उत्पादन रुसमा पठाउन बन्द गरेको जनाएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

  • Technology Khabar
  • २७ फाल्गुन २०७८, शुक्रबार