एप्पलद्वारा आईमुभीका लागि अप्रिलमा आउँदै गरेको फिचरको झलक प्रस्तुत

  • Technology Khabar | २७ फाल्गुन २०७८, शुक्रबार
एप्पलद्वारा आईमुभीका लागि अप्रिलमा आउँदै गरेको फिचरको झलक प्रस्तुत

काठमाडौं ।

एप्पलले आईमुभीका लागि आगामी अप्रिलमा ल्याउन लागेको नयाँ फिचरको केही झलक प्रस्तुत गरेको छ।

भर्खरै पीक पर्फर्मेन्स इभेन्ट सकेको कम्पनीले आईमुभीका लागि म्याजिक मूभी तथा स्टोरीबोर्ड नामका दुई ओटा फिचरका झलक बाहिर ल्याएको हो।

म्याजिक मूभीमार्फत् आफ्नो लाइब्रेरीमा रहेका एल्बमबाट सामग्री लिएर छिट्टै भिडियोहरु बनाउन सकिन्छ। यसबाहेक सुइटले आफसेआफ फुटेजको सबैभन्दा राम्रो भाग हेरेर एडिट अप्शन सिर्जना गर्दछ।

यस्तै स्टोरीबोर्ड्सले भिडियोमार्फत कथा भन्ने र पहिले नै बनाइएका भिडियो टेम्प्लेटमार्फत् चलचित्र बनाउने प्रक्रिया सिकाउने जीएसएमएरिनाले जनाएको छ।

पपुलर क्याटेगरीमा २० ओटा स्टोरीबोर्ड रहेका छन् र भिडियो बनाइसकेपछि यसलाई आफ्नो फोटो लाइब्रेरीमा सेभ गर्ने र आफ्ना साथीभाइलाई शेयर पनि गर्न सकिन्छ।

प्रकाशित: २७ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

inDrive launches Passenger 360 Campaign in Nepal: “Agree on Your Fare. Only Here.”

  • Technology Khabar
  • २७ फाल्गुन २०७८, शुक्रबार