प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

  • Technology Khabar | २० कार्तिक २०८३, शुक्रबार
प्रेस काउन्सिलसम्बन्धी अध्यादेशमा महासङ्घको चासो

काठमाडौं ।

नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश सरोकारवाला पक्षसँग छलफल गरेर मात्र जारी गर्न आग्रह गरेको छ ।

नेपाल सरकारद्वारा प्रेस काउन्सिल ऐनसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको सन्दर्भमा महासङ्घ केन्द्रीय कार्यसमितिको आज यहाँ सम्पन्न बैठकले सरोकारवाला भएका पक्षसँग छलफल गरेर मात्र अध्यादेश जारी गर्न आग्रह गरेको हो ।

बैठकपछि महासङ्घका महासचिव रामप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा काउसिन्सल ऐनसम्बन्धी अध्यादेश सिफारिससहित गोरखापत्रलगायत सरकारी सञ्चारमाध्यम तथा निजी सञ्चारमाध्यमबाट पत्रकारलाई हटाइएको, श्रमजीवी पत्रकारलाई पारिश्रमिक नदिने तथा चाडबाड खर्चसमेत नदिनेलगायतका घटनाक्रम श्रम अधिकारको उल्लङ्घन भएको उल्लेख छ ।

यस्तै लोककल्याणकारी विज्ञापनबापत पत्रपत्रिकाले प्राप्त गरिरहेको रकम कटौतीका सन्दर्भमा छलफल हुँदा प्रेस काउन्सिल नेपालको सिफारिसबमोजिम गर्न, वर्तमान अवस्थामा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र संविधानको संरक्षणका लागि शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्चाल (पापड)लाई सक्रिय गराई चरणबद्ध आन्दोलन गर्न पनि महासङ्घले छलफल गरेको जनाइएको छ । रासस

प्रकाशित: २० कार्तिक २०८३, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार