
काठमाडौं ।
एमजी मोटर इन्डिया भारतको विद्युतीय सवारी बजारबारे आशावादी रहेको छ।
चीनको एसएआईसी कम्पनीको सहायक ब्राण्डका रुपमा रहेको एमजी इन्डियाले आफ्नो उत्पादन क्षमता बढाउँदै चीन तथा भारतबिचको भूराजनीतिक तनावकै क्रममा पनि ईभीको बजार हिस्सा ३५ प्रतिशत ओगट्ने योजना बनाएको छ।
द इकोनोमिक टाइम्सले एमजी मोटर इन्डियाका अध्यक्ष तथा प्रबन्ध निर्देशक राजीब चाबालाई उद्धृत गर्दै एमजी मोटरले गुजरातको हालोलमा रहेको प्लाण्टको आफ्नो वार्षिक उत्पादन क्षमता ७५ हजारदेखि १ लाख २० हजारसम्म विस्तार गर्ने कम्पनीको उद्देश्य रहेको डिजिटाइम्सले उल्लेख गरेको छ।
एमजी मोटरले गत मार्च ७ मा जेडएस ईभी सार्वजनिक गरेको थियो भने यसको दोस्रो ईभी २०२३ मा आउने र यसले २०२३ सम्म ईभीको समग्र बिक्री २५ प्रतिशत पुर्याउन सहयोग गर्ने बताइएको छ।
जेडएस ईभी सार्वजनिक हुने केही दिनअघि द बिजनेस स्ट्याण्डर्डको रिपोर्ट अनुसार एमजी मोटरले भारतको बस्ती क्षेत्रमा १ हजार दिनभित्र १ हजार एसी चार्जर इन्स्टल गर्ने उद्देश्यले एमजी चार्ज नामक नयाँ कम्पनी खोलेको थियो।
एमजी मोटरले डीसी तथा एसी फास्ट चार्जर उत्पादन गर्न फोर्टम, डेल्टा, ईचार्जबेज, एक्जिकम, इलेक्ट्रिफाइ तथा टाटा पावरसँग सहकार्य गरेको द इकोनोमिक टाइम्सलाई उद्धृत गर्दै डिजिटाइम्सले उल्लेख गरेको छ।
प्रकाशित: २४ फाल्गुन २०७८, मंगलवार