
काठमाडौं ।
ह्वावे तथा टीआईएम ब्राजिलबीच पहिलो फाइभजी शहर निर्माण गर्नेबारे सम्झोतामा हस्ताक्षर भएको छ।
यी दुई कम्पनीबीच गत मार्च ४ का दिन पहिलो फाइभजी स्मार्ट शहरसम्बन्धि रणनीतिक साझेदारीमा हस्ताक्षर भएको हो।
यो नयाँ सहकार्यले फाइभजी नेटवर्क इन्स्टलेशन प्रविधिको उद्विकास, नेटवर्क अनुगमन तथा यूजर अनुभवमा सुधार आउने अपेक्षा गरिएको छ।
जानकारी अनुसार ब्राजिलको यो पहिलो फाइभजी स्मार्ट शहर क्युरिटिबामा रहेको प्राना शहरको राजधानी हुनेछ।
यो सम्झाैता २ वर्षका लागि हुने र आवश्यक परे लम्ब्याउन सकिने ह्वावेसेन्ट्रल डटकमले उल्लेख गरेको छ। यसको पहिलो परीक्षण आगामी सन् २०२३ को डिसेम्बरमा हुनसक्ने बताइएको छ।
यो सम्झोता एम-एमआईएमओ प्रविधिका लागि भएको हो जसले ह्वावे तथा टीआईएम ब्राजिललाई २जी, ३जी फोरजी तथा फाइभजी प्रविधि विकास गर्न सघाउ पुर्याउने आकलन गरिएको छ।
प्रकाशित: २२ फाल्गुन २०७८, आईतवार