
काठमाडौं ।
माइक्रोसफ्टले शुक्रबार रूसमा माइक्रोसफ्टका उत्पादन र सेवाहरूको सबै नयाँ बिक्रीहरू निलम्बन गर्ने बताएको छ।
एक अनलाइन पोष्टमा, माइक्रोसफ्टका अध्यक्ष ब्राड स्मिथले लेख्दै कम्पनीले सरकारी प्रतिबन्ध निर्णयहरूको अनुपालनमा रसियामा आफ्नो व्यवसायका धेरै पक्षहरूलाई पनि रोकिरहेको बताएको सीएनएनले जनाएको छ।
बिक्रीको निलम्बन प्रतिबन्ध पालनको प्रत्यक्ष परिणाम थियो वा थिएन भन्ने स्पष्ट जानकारी छैन्।
यसले युक्रेनलाई साइबर सुरक्षा सहायता प्रदान गर्न जारी राखेको छ र हालसालै भएका प्रमुख युक्रेनी प्रसारकलाई लक्षित गर्दै साइबर हमलाको विरूद्ध देशको रक्षा गर्न मद्दत गरेको कम्पनीले बताएको छ।
माइक्रोसफ्टको साइबरसेक्युरिटी टोलीले “२० भन्दा बढी युक्रेनी सरकार, आईटी र वित्तीय क्षेत्रका संस्थाहरूलाई लक्षित गर्दै साइबर आक्रमणहरूको जवाफ दिन मद्दत गरेको छ,” स्मिथले लेखे।
प्रकाशित: २१ फाल्गुन २०७८, शनिबार