सामसङले दश हजार एपहरूको परफरमेन्स घटाएको आरोप

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
सामसङले दश हजार एपहरूको परफरमेन्स घटाएको आरोप

काठमाडौं ।

सामसङले १०,००० भन्दा बढी एपहरूमा प्रदर्शन सीमा तोकेको आरोप लागेको छ। एक ट्विटर प्रयोगकर्ताले कथितरूपमा पत्ता लगाएअनुसार सामसङले आफ्नो गेम अप्टिमाइजिङ सर्भिस(जीओएस) मार्फत यी एपहरूको कार्यसम्पादनलाई सीमित गर्दछ।

सामसङले ओभरहिटिङ्ग र थ्रोटलिङ सम्बन्धी समस्याहरूलाई रोक्न केही गेम र एप्सको कार्यसम्पादन सीमित गर्न जीओएस विकास गरेको छ तर यो सेवा निश्चित गेम र एपहरूमा मात्र सीमित नभएको दाबी गरिएको छ।

गीज्मोचाइनाकाअनुसार ग्यारीयोनहान नामक ट्विटर प्रयोगकर्ताद्वारा एक ट्वीट उद्धृत गर्दै सामसङको जीओएसले १० हजार एपहरूको प्रदर्शनलाई असर गरिरहेको छ।

यसमा प्रणाली एपहरू, गुगल एपहरू र धेरै तेस्रो-पक्षिय एपहरू समावेश छन्। एक ट्विटर प्रयोगकर्ताले यो सेवा गेमिङमा मात्र सीमित नभएर अन्य धेरै एपहरूलाई पनि असर गरिरहेको पत्ता लगाएका छन्।

एक ट्विटर प्रयोगकर्ताले जीओएसले उपकरणको तापक्रम उपयुक्त दायरामा हुँदा पनि प्रदर्शन सीमित गरेको देखिने बताएका छन्। त्यति मात्र होइन, सेवाले साँच्चै गीकबेन्च जस्ता बेन्चमार्किङ एपहरूलाई असर गर्दैन, र तिनीहरूलाई थ्रोटल सूचीबाट हटाउँछ।

रिपोर्टमा भनिएअनुसार सामसङले यस जीओएस मुद्दाको अनुसन्धान गरिरहेको छ र यसलाई ग्यालेक्सी नोट ७ इस्यू जस्तै गम्भीरतापूर्वक लिने वाचा गरेको छ।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

साइबर अपराधबाट बालबालिका बढी पीडित

  • Technology Khabar
  • २० फाल्गुन २०७८, शुक्रबार