सीएनएनले स्ट्रिमिङ सेवा सीएनएन+ यही वसन्त ऋतुमा शुरु गर्ने

  • Technology Khabar | २० फाल्गुन २०७८, शुक्रबार
सीएनएनले स्ट्रिमिङ सेवा सीएनएन+ यही वसन्त ऋतुमा शुरु गर्ने

काठमाडौं ।

केबल न्यूज नेटवर्क सीएनएनले बुधबार यसै वसन्त ऋतुमा सीएनएन+ नामक नयाँ समाचार तथा मनोरञ्जन स्ट्रिमिङ सेवा शुरु गर्ने बताएको छ।

कम्पनीले उक्त सेवाको शुरुवाती छुटसहितको शुल्क प्रतिमहिना २.९९ डलर हुने पनि जनाएको छ।

स्ट्रिम गरिएका सामग्रीका क्षेत्रमा आफ्ना चिर प्रतिस्पर्धीहरुलाई टक्कर दिने उद्देश्यले सीएनएनले पहिलो ४ हप्तामा साइन अप गर्नेलाई प्रोमोशनल शुल्कमा उपलब्ध गराउने रोयटर्सले जनाएको छ।

यो समय सहिएपछि भने प्रतिमहिना ५.९९ डलर शुल्क लाग्ने पनि बताइएको छ। यो शुल्क फक्स कर्पको फक्स न्यूजले दिने फक्स नेशनको बराबर नै हो।

एटीएन्डटी अन्तर्गतको वार्नरमिडिया विभागले १२ करोड डलर लगानी गर्दै नयाँ कार्यक्रमका लागि नयाँ प्रतिभाहरु भित्र्याएको बुझिएको छ।

यी नयाँ प्रतिभाहरुमा फक्स न्यूजका वरिष्ठ समाचारवाचक क्रिस वालेस, अल थिङ्स कन्सिडर्डका पूर्व सह-प्रस्तोता अडी कर्निश तथा इन्स्टाग्राम व्यक्तित्व तथा चर्चित कूकिङ न्यूजलेटरका लेखक एलिसन रोमनलगायत रहेका छन्।

सीएनएन+ मा दैनिक समाचार लाइभ, मोलिक सिरिज, सत्य घटनामा आधारित अपराध शो तथा खाना र भ्रमणसम्बन्धी कार्यक्रमहरु रहने समाचारमा उल्लेख छ।

प्रकाशित: २० फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार