
काठमाडौं ।
स्ट्रिमिङ जायन्ट नेटफ्लिक्सले रुसमा आफ्ना भविष्यका परियोजनाहरु स्थगित गरेको घोषणा गरेको छ।
कम्पनीले रुसले हालै यूक्रेनमाथि गरेको हमलाको प्रभाव आकलन गरिरहेको बताएको छ। यसै क्रममा रुसी भाषामा बनिरहेको जाटो सिरिजको छायांकन पनि स्थगित गरिने भएको छ।
क्लाउड कम्प्युटिङ कम्पनी ओर्याकलले पनि रुसमा आफ्नो सञ्चालन तत्कालका लागि स्थगित गरेको बताएको बीबीसीले उल्लेख गरेको छ।
यी दुई कम्पनी रुसले यूक्रेनमा गरेको हमलामाथि कदम चाल्ने अमेरिकाका पछिल्ला कम्पनी बनेका छन्। मंगलबार एप्पलले पनि रुसमा आफ्ना सेवा तथा उत्पादन बिक्री रोक्ने घोषणा गरेको थियो।
ओर्याकलको ट्विटर पोस्ट यूक्रेनका डिजिटल ट्रान्सफर्मेशन मन्त्रीले सहयोगका लागि उसलाई मेन्सन गर्दै ट्वीट गरेको ३ घण्टापछि आएको हो।
More sanctions imposed — faster peace restored in Ukraine! I’ve addressed to @SAP and @Oracle for support! pic.twitter.com/oGoRi1iOBa
— Mykhailo Fedorov (@FedorovMykhailo) March 2, 2022
प्रकाशित: १९ फाल्गुन २०७८, बिहीबार