मोटो जी२२को विवरण लीक, यस्ता हुनेछन् विशेषता

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार

काठमाडौं ।

मोटोरोलाको आउँदै गरेको जी परिवारको नयाँ स्मार्टफोन जी२२ का विवरण सार्वजनिक भएका छन्।

उक्त लीकमा यो डिभाइसको आधिकारिक डिजाइन तथ स्पेसिफिकेशनका बारेमा जानकारी दिइएको छ।

लीक अनुसार मोटो जी२२ मा ६.५३ इन्चको ९० हर्ज रिफ्रेश रेटयुक्त डिस्प्ले दिइएको छ। यसको रेजोल्युशन एचडी+ अर्थात् ७२०x१६०० रहेको छ।

यो डिभाइसमा मिडियाटेकको हिलियो जी३७ अक्टाकोर चिपसेट दिइएको छ भने एउटा पावरभीआर जीई८३२० जीपीयू पनि राखिएको छ।

यस्तै अगाडिपट्टि १६ मेगापिक्सेलको पन्चहोल सेल्फी क्यामरा दिइएको छ भने पछाडिपट्टि ५० मेगापिक्सेलको मुख्यसहित क्वाड क्यामरा सेटअप राखिएको छ।

यो स्मार्टफोन यूरोपमा ४ जीबी र्याम तथा ६४ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा आउने बताइएको छ।

फाइभजी कनेक्टिभिटी नभएको यो डिभाइसमा १० वाट फास्ट चार्जिङसहितको ५००० एमएएचको ब्याट्री उपलब्ध छ।

यो एन्ड्रोइड १२ मा चल्ने बताइएको भएपनि हालसम्म मूल्य तथा उपलब्धताका बारेमा केही बताइएको छैन।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया