शाओमी १२ श्रृंखला यहि मार्च १५ मा विश्वव्यापी बजारमा लन्च हुने

  • Technology Khabar | १८ फाल्गुन २०७८, बुधबार
शाओमी १२ श्रृंखला यहि मार्च १५ मा विश्वव्यापी बजारमा लन्च हुने

काठमाडौं ।

शाओमी १२ श्रृंखला, जुन गत वर्ष डिसेम्बरमा चीनमा डेब्यू भएको थियो, अब छिट्टै विश्वव्यापी बजारहरूमा लन्च हुने तयारीमा छ। चिनियाँ टेक ब्रान्डबाट आधिकारिक मितिको बारेमा अझै कुनै जानकारी छैन, तर नयाँ लीकले सुझाव दिएअनुसार शाओमी १२ श्रृंखलाको अनलाइन लन्च कार्यक्रम मार्च १५ मा हुन सक्छ।

यसमा शाओमी १२, शाओमी १२ प्रो, र शाओमी १२ एक्स मोडेलहरूको लाइनअप समावेश गर्नेछ।

फोनमा कोर्निङ गोरिल्ला ग्लास भिक्टसद्वारा सुरक्षित गरिएको होल-पञ्च डिस्प्ले डिजाइनहरू प्रदान गर्दछ। ह्यान्डसेटहरूमा ट्रिपल रियर क्यामरा राखिएका छन् र ५जी कनेक्सन प्रदान गर्दछ।

एन्ड्रोइड प्लानेटको एक रिपोर्टले शाओमी १२ श्रृंखलाको आधिकारिक देखिने पोस्टर लीक गरेको छ जसले विश्वव्यापी लन्च मिति र समयको बारेमा सुझाव दिन्छ। पोस्टरका अनुसार, शाओमी १२ सिरिज चीन बाहिर मार्च १५ मा घोषणा हुनेछ। पोस्टरमा ट्यागलाइनसमेत देखाइएको छ।

शाओमी १२ को प्रारम्भिक मूल्य ट्याग चीनमा ३,६९९ यूआन बाट शुरु हुनेछ।

यो स्मार्टफोन संभवत नेपाली बजारमा पनि सोही समयको हाराहारीमा उपलब्ध हुने अनुमान गरिएको छ।

प्रकाशित: १८ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया

ताजा समाचार