काठमाडौं ।
काठमाडौं, १९ असोज । गूगलले स्मार्टफोन क्षेत्रमा औपचारिकरुपमा नेक्सस ब्राण्ड नामलाई त्याग गरेको छ र अब कम्पनीले पिक्सेलको नामबाट नयाँ स्मार्टफोनहरु सार्वजनिक गरेको छ ।
कम्पनीले हालै सार्वजनिक गरेको नयाँ स्मार्टफोनको नाम गूगल पिक्सेल (Google Pixel) तथा पिक्सेल एक्सएल (Pixel XL) राखेको छ । यो स्मार्टफोन गूगल र एचटिसीको सहकार्यबाट तयार भएको हो । यो फोन पहिलो नेक्सस फोन बनाउने समूहले नै तयार पारेको हो ।
गूगलले सार्वजनिक गरेको पिक्सेल स्मार्टफोनमा ५ इन्चको एमोलेड (AMOLED) डिस्प्ले राखिएको छ, जसको पिक्चर रिजोल्यूशन १०८० पिक्सेल छ भने अर्को फोन पिक्सेल एक्सएलमा ५.५ इन्चको क्यूएचडी एमोलेड (QHD AMOLED) डिस्प्ले राखिएको छ ।![]()
यी फोनमा क्वालकमको स्न्यापड्र्यागन ८२१ चिपसेट प्रयोग गरिएको छ भने एन्ड्रोयडको सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम नूगट ७.१ (Nugat 7.1) भर्सनमा आधारित रहेको छ ।
पिक्सेल रिसिजका यी फोनमा क्यामराका लागि १२ मेगापिक्सेलको सेन्सर छ भने यसमा इलेक्ट्रोनिक्स इमेज स्टेबलाइजेशन फिचर राखिएको छ ।
दुबै फोनहरुमा ३२ जीबी, १२८ जीबीको स्टोरेज अप्सन छ भने पिक्सेल फोनहरुमा गूगलले फूल रिजोल्यूशनको असिमित गूगल फोटोज स्टोरेज सुविधा राखेको छ । ![]()
दुबै फोनहरुमा ४ जीबीको याम राखिएको छ भने पिक्सेलमा २,७७० एमएएचको ब्याट्री तथा ३,४५० एमएएचको ब्याट्री राखिएको छ । यी फोनहरुको पछाडिको भागमा गूगलको लोगो राखिएको छ भने रियर क्यामराको मुनी फिंगरप्रिन्ट सेन्सर राखिएको छ ।
विश्व बजारमा यो फोनहरुको मूल्य ६४९ अमेरिकी डलरबाट शुरु हुनेछ भने विभिन्न मुलुकअनुसार मुल्यहरु फरक हुनेछ ।
पहिलो चरणमा यो फोन अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानाडा, जर्मनी र भारतमा उपलब्ध हुनेछ । भारतीय बजारमा हालै यी दुबै फोनहरुको मूल्य सार्वजनिक गरिएकोछ । भारतीय बजारमा ३२ जीबीको पिक्सेलको मूल्य भारु. ५७,०००/-, १२८ जीबीको भारु. ६६,०००/- तथा पिक्सेल एक्सएलको ३२ जीबीको मूल्य भारु. ६७,०००/- तथा १२८ जीबीको मूल्य भारु. ७६,०००/- तोकिएको छ । दुबै फोनहरु क्वाइट ब्ल्याक, भेरी सिल्भर, रियल्ली ब्लू कलरमा उपलब्ध हुनेछ ।
प्रकाशित: १९ आश्विन २०७३, बुधबार