
काठमाडौं ।
मेटाका संस्थापक मार्क जुकरबर्गले मेटाभर्सका लागि थुप्रै महत्वाकांक्षी आर्टिफिसियल इन्टेलिजेन्स परियोजनाहरु सार्वजनिक गरेका छन्।
लाइभस्ट्रिम गरिएको एउटा प्रदार्शनका क्रममा उनले बिल्डर बट नामक एआई फिचरका माध्यमबाट द्विप, रुखबिरुवा तथा समुद्री किनारा समावेश भएको आधारभूत भर्चुअल विश्व निर्माण गरेका छन्।
उनले सो कार्यक्रममा यूनिभर्सल स्पीच ट्रान्सलेटर अर्थात् भाषा अनुवादक टूल पनि सार्वजनिक गरेका थिए।
‘कुनै पनि मानिससँग कुनै पनि भाषामा कुराकानी गर्न सक्नु धेरै समयदेखि कल्पना गरिँदै आएको सुपरपावर हो’, उनले भने।
बिल्डर बट मेटाको एआई असिस्टेन्टलाई सुधार गरेर ‘एआईले हाम्रा अनुभवबाट दुनियाँ देखोस्’ भन्नका लागि बनाइएको केयराओके परियोजनाकै अंश रहेको थियो।
जुकरबर्गका अनुसार मानिसहरु हेडसेट र ग्लासका माध्यमबाट भर्चुअल रियालिटीमा छिर्ने हुनाले यस्तो बट बनाइएको बीबीसीले उल्लेख गरेको छ।
प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार