ओपो रेनो७ जेडमा ट्रिपल क्यामरा र ३३ वाट फास्ट चार्जर रहने

  • Technology Khabar | १३ फाल्गुन २०७८, शुक्रबार
ओपो रेनो७ जेडमा ट्रिपल क्यामरा र ३३ वाट फास्ट चार्जर रहने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोले नयाँ रेनो ७ जेड सार्वजनिक गर्ने भएको छ।

ताइवानको वायरलेस अथोरिटीले उक्त फोन तथा चार्जरको फोटो तथा केही विवरणहरु पनि उपलब्ध गराएको जीएसएमएरिनाले जनाएको छ।

आउँदै गरेको उकत फोनमा पछाडिपट्टि ट्रिपल क्यामरा सेटअप रहनेछ जुन यसअघि आएको रेनो ७ मा उपलब्ध थिएन।

यसबाहेक अगडिपट्टि स्क्रीनको दायापट्टिको माथिल्लो कुनामा पन्चहोल डिजाइनमा सेल्फी क्यामरा राखएको छ। तर उक्त क्यामराका बारेमा हाल कुनै विवरण उपलब्ध गराइएको छैन।

यो डिभाइस फाइभजी हुने र यसमा ८ जीबी र्याम तथा १२८ जीबी आन्तरिक स्टोरेज रहने बुझिएको छ।

तर बाहिरिएको विवरणमा चिपसेटका बारेमा यकिन नबताइए पनि यसमा स्न्यापड्रागन ४८०+ चिपसेट अपेक्षा गरिएको छ।

यसमा ४५०० एमएएचको ब्याट्री र ३३ वाच फास्ट चार्जर रहने र शुरुमा यो डिभाइस चीनमा सार्वजनिक गरिने आकलन गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १३ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार