लेनोभोले नयाँ ट्याब ल्याउँदै, फूलएचडी डिस्प्ले र ३ जीबी र्याम हुने

  • Technology Khabar | १४ आश्विन २०७३, शुक्रबार

काठमाडौं ।

काठमाडौं, १४ असोज । गएको फेब्रुअरीमा लेनोभोले विश्व बजारमा आफ्नो नयाँ ट्याबलेटहरु ट्याब ३ सिरिजमा सार्वजनिक गरेको थियो । जुन ट्याबलेटहरु बजेट मैत्री थिए भने यसको स्पेशिफिकेशनहरु खाश विशेष किसिमका थिएनन् ।

हाल  लेनोभोले आफ्नो ट्याब ३ सिरिजमा अपग्रेड गर्न लागेको जानकारी बाहिर आएको छ । लेनोभोले छिटै ट्याब ३ एट प्लस ट्याबद्धारा पुरानो भर्सनलाई परिवर्तन गर्न लागेको सूचना बाहिर आएको छ । यो ८ इन्चको ट्याबको अपग्रेड गरिएको मोडल हो ।

प्लस मोडलमा ८ इन्चको फूल एचडी डिस्प्ले हुनेछ भने ३ जीबीको र्याम राखिने छ । जून यसअघिको ट्याबभन्दा सुधार गरिएको विशेषता हुन् । यो ट्याबमा ८ मेगापिक्सेलको रियर तथा ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा हुनेछ भने स्टोरेज क्षमतामा पनि वृद्धि गरिनेछ । संभवत ३२ जीबी वा ६४ जीबीको जोडीमा माइक्रो एसडी कार्ड प्रयोग गर्नसकिने गरि आउनेछ ।

यो ट्याबमा सबैभन्दा महत्वपूर्ण भनेको यसको चीपसेटमा परिवर्तन हो । नयाँ ट्याबमा क्वालकमको स्न्यापड्रयागन ६२५ चीप प्रयोग हुनसक्ने अधिक संभावना रहेको छ तर अझैपनि यसमा स्पष्टता भएको छैन् ।

त्यसैगरी लेनोभोको यो ट्याबमा फोरजी एलटिई, वाईफाई, ब्लूटूथ पनि हुनेछ ।

माध्यम

प्रकाशित: १४ आश्विन २०७३, शुक्रबार

तपाइको प्रतिक्रिया