सन् २०२१ मा एनसेल आजियाटाको आम्दानी १.१ प्रतिशतले बढ्यो

  • Technology Khabar | ११ फाल्गुन २०७८, बुधबार
सन् २०२१ मा एनसेल आजियाटाको आम्दानी १.१ प्रतिशतले बढ्यो
लैनचौरमा रहेको एनसेल आजियाटा लिमिटेडको कर्पोरेट भवन । फाइल तस्बिर

काठमाडौं ।

एनसेल आजियाटा लिमिटेडको आम्दानी सन् २०२१ मा १.१ प्रतिशतले बढेको छ। निरन्तरको लकडाउन तथा बढ्दो प्रतिस्पर्धाका बावजूद कम्पनीको नाफा उक्त परिमाणमा वृद्धि भएको जनाइएको छ।

अन्तर्राष्ट्रिय लामो दूरी (आईएलडी) मार्फतको आम्दानीका कारण कम्पनीले उक्त अवधिमा डिभाइस बाहेकको आम्दानीमा उक्त परिमाणको वृद्धि गर्न सफल भएको हो।

कम्पनीको ईबीआईटीडीए (अर्निङ बिफोर इन्ट्रेस्ट, ट्याक्सेज, डिप्रिसियसन) अर्थात् करयोग्य नाफा पनि १.१ प्रतिशतले उकालिएको छ।

यो आँकडा प्राप्त गर्नुमा कम्पनीको खर्च नियन्त्रण मुख्य कारक रहेको बुझिएको छ भने ईबीआईटीडीए मार्जिन पनि ५८.२ प्रतिशत रहेको पाइएको छ।

यस्तै पीएटीएएमआई (पटामी) अर्थात् कर तथा सामान्य ब्याज तिरिसकेपछिको नाफा पनि शत बढेर प्रतिशतबाट नाघेको छ।

एनसेल लगायत विभिन्न देशमा दूरसञ्चार सेवा प्रदान गरिरहेको आजियाटा ग्रुप बर्हादले आफ्नो समग्र आर्थिक वर्ष २०२१ मजबुत प्रदर्शनका साथ समापन गरेको उल्लेख गरेको छ।

यसमा कम्पनीको समग्र ईबीआईटीडीए ७.० प्रतिशतले बढेर मलेसियन रिंगिट २५.९ र ११.४ अर्ब पुगेको र समग्र ईबीआईटीडीए मार्जिन पनि ४४ प्रतिशत पुर्याउन सकेको रिपोर्टमा उल्लेख छ। नाफामा भएको यो वृद्धिको आंशिक कारण स्थानीय मुद्राको तुलनामा रिंगिट बलियो भएकाले हुन सक्ने बताइएको छ।

यस्तै समग्र पीएटीएएमआई पनि १०० प्रतिशतभन्दा बढेर ८१ करोड ८९ लाख रिंगिट पुगेको आँकडा छ।

वृद्धिको यी आँकडामार्फत् यो समूहले राम्रो प्रगति गरिरहेको र मुख्य कोशेढुंगाहरु प्राप्त गरिरहेको बताईएको छ। यी कोशेढुंगाहरुले नेक्स्ट जेनेरेशन डिजिटल च्याम्पियन बन्ने आजियाटाको ५.० रणनीति प्रदान गर्न सहयोग गरिरहेका कम्पनीको भनाई छ।

प्रकाशित: ११ फाल्गुन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार