पोकोद्वारा मोबाइल वर्ल्ड कांग्रेसको आधिकारिक निमन्त्रणा सार्वजनिक

  • Technology Khabar | १० फाल्गुन २०७८, मंगलवार
पोकोद्वारा मोबाइल वर्ल्ड कांग्रेसको आधिकारिक निमन्त्रणा सार्वजनिक

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड शाओमीको सहायक ब्रान्ड पोकोले आगामी फेब्रुअरी २८ का लागि तय गरिएको एमडब्लूसी २०२२ को औपचारिक निमन्त्रणा सार्वजनिक गरेको छ।

पोकोको भोतिक उपस्थितिसहितको किनोट हल३, ३डी१० मा उक्त दिन दिउँसो १ बजे हुने तय भएको छ। अनलाइन दर्शकहरुका लागि उक्त इभेन्टको लाइभ स्ट्रिम पनि हुने अपेक्षा गरिएको छ।

उक्त इभेन्टमा पोकोको एक्स४ प्रो फाइभजी स्मार्टफोन पनि सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

यो डिभाइस शाओमीको रेडमी नोट ११ प्रो को रिब्रान्डेड भर्सन हुनसक्ने पनि चर्चा चलेको छ।

प्रकाशित: १० फाल्गुन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...