ओपो प्याडको विवरण सार्वजनिक, यस्ता हुनेछन् विशेषता

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
ओपो प्याडको विवरण सार्वजनिक, यस्ता हुनेछन् विशेषता

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्राण्ड ओपोको आउँदै गरेको प्याडको विवरण बाहिरिएको छ।

कम्पनीले आगामी फेब्रुअरी २४ मा ओपो फाइन्ड एक्स५, एक्स५ प्रो तथा एक्स५ प्रो डाइमेन्सिटी एडिशन सार्वजनिक गर्दैछ। यसै समारोहमा कम्पनीले एन्को एक्स२ तथा ओपो प्याड पनि सार्वजनिक गर्ने बुझिएको छ।

यसमध्ये ओपो प्याडका केही विवरण जेडी डटकममा बाहिरिएको छ भने चर्चित टिप्स्टर डिजिटल च्याट स्टेशनले पनि यसका विवरणहरु शेयर गरेको छ।

बाहिरिएका जानकारी अनुसार ओपो प्याडमा २५६०x१६०० पिक्सेलको १०.९५ इन्च आईपीएस डिस्प्ले रहनेछ। १२० हर्ज रिफ्रेश रेट रहने यो डिभाइसका बेजल निकै पातला हुनेछन्।

https://twitter.com/MayankkumarYT/status/1494613409463029762

गिजचाइनाका अनुसार स्न्यापड्रागन ८७० चिपसेट रहने ओपो प्याड ६ तथा ८ जीबी र्याम तथा ३५६ जीबी आन्तरिक स्टोरेज भेरियन्टमा उपलब्ध हुनेछ।

यसमा पावरका लागि ३३ वाट फास्ट चार्जिङ सपोर्टसहितको ८,३६० एमएएच क्षमताको ब्याट्री रहनेछ।

फोटोग्राफीका लागि पछाडि १३ तथा अगाडि ८ मेगापिक्सेल क्यामराका साथमा यो डिभाइस स्टाइलस पेनका साथमा आउनेछ।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ८ फाल्गुन २०७८, आईतवार

Artemis II’s record-breaking journey around the moon ends with dramatic splashdown

  • ८ फाल्गुन २०७८, आईतवार

NOC from Nagarik App

  • ८ फाल्गुन २०७८, आईतवार

E-pension verification system launched

  • ८ फाल्गुन २०७८, आईतवार