शाओमीका स्मार्टफोन किन्दा युट्युबको प्रिमियम सेवा निःशुल्क पाईने

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
शाओमीका स्मार्टफोन किन्दा युट्युबको प्रिमियम सेवा निःशुल्क पाईने

काठमाडौं ।

के तपाइँसँग शाओमीका केहि नयाँ मोडेल स्मार्टफोन छ? यदि छ भने, तपाईंले युट्युब प्रिमियम सेवाको निःशुल्क लाभ लिन सक्नुहुन्छ। वास्तवमा, शाओमीले आफ्ना केही नयाँ स्मार्टफोनहरू र भविष्यका स्मार्टफोनहरूसँग ३ महिनाको लागि निःशुल्क युट्युब प्रिमियम सदस्यता प्रस्ताव गर्ने घोषणा गरेको छ।

गीज्मोचाइनाको रिपोर्टअनुसार कम्पनीका नयाँ फोन प्रयोगकर्ताहरूले केही चरणहरू पछ्याएर सजिलैसँग यो अफरको फाइदा लिन सक्नेछन्। युट्युब सदस्यतामा आधारित प्याकेज हो। यहाँ तपाइँले विज्ञापन मुक्त संगीत र भिडियो सामग्री पाउनुहुनेछ।

यी स्मार्टफोनका लागि मान्य छ यो अफर

कम्पनीको यो अफर शाओमी ११टी प्रो (Xiaomi 11T Pro), शाओमी ११टी  Xiaomi 11T, शाओमी ११लाईट ५जी (Xiaomi 11 Lite 5G NE), रेडमी नोट ११ प्रो ५जी (Redmi Note 11 Pro 5G), रेडमी नोट ११ प्रो (Redmi Note 11 Pro), रेडमी नोट ११एस (Redmi Note 11S) र रेडमी नोट ११ (Redmi Note 11) शाओमी स्मार्टफोनहरूमा हुनेछ।

प्रयोगकर्ताहरूले युट्युब एप खोलेर र अन्य दिशानिर्देशहरू पालना गरेर युट्युब प्रिमियमको निःशुल्क मजा लिन सक्छन्।

पछिल्लो दिनमा युट्युबले लगातार विभिन्न शर्ट्स भिडियो एप्सबाट सामग्रीमा प्रतिस्पर्धा गरिरहेको छ। यस्तो अवस्थामा कम्पनीको फोकस धेरै भन्दा धेरै प्रयोगकर्ताहरूलाई विभिन्न तरिकाले आफूसँग जोड्ने हो। यही कारणले गर्दा कम्पनीले युट्युब सर्टमा पनि धेरै ध्यान दिएको छ।

युट्युबले अडियो र भिडियो सामग्री प्रदान गर्दछ। यसको सबैभन्दा महत्त्वपूर्ण कुरा यो हो कि तपाइँ प्रिमियम सेवामा युट्युब ब्याकग्राउण्डमा पनि प्ले गर्न सक्नुहुन्छ।

यद्यपि युट्युब प्रिमियम प्रस्ताव नयाँ योग्य शाओमी डिभाइसहरूमा मात्र लागू हुने बुझिन्छ र केही क्षेत्रहरूमा लागू नहुन सक्छ। यसका साथै यसमा नियम र सर्तहरू पनि लागू हुन्छन्।

तर यो सेवा नेपाली बजारमा उपलब्ध छ वा छैन भन्ने कुनै जानकारी छैन्। त्यसैले नेपाली ग्राहकहरुले यसबाट कसरी लाभ लिन सक्छन भन्ने कुनै जानकारी छैन्।

शाओमीले हालै मात्र आफ्नो नयाँ रेडमी सिरिजको स्मार्टफोन रेडमी नोट ११ नेपालमा लन्च गरेको थियो।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार