भारतको रिलायन्स टेलिकमपछि अब ईलेक्ट्रिक भेहिकल बजारमा प्रवेश गर्दै

  • Technology Khabar | ८ फाल्गुन २०७८, आईतवार
भारतको रिलायन्स टेलिकमपछि अब ईलेक्ट्रिक भेहिकल बजारमा प्रवेश गर्दै

काठमाडौं ।

भारतीय टेलिकम रिलायन्स जियोले गत वर्ष सेप्टेम्बरमा भारतमा आफ्नो ५ वर्ष पूरा गरेको थियो र यी ५ वर्षमा कम्पनीले प्रयोगकर्ताहरूलाई धेरै उपहार दिएको थियो। जियोको प्रवेश पछि भारतमा मोबाइल इन्टरनेटको संसार पूर्णरूपमा परिवर्तन भएको छ।

यसैबीच, अब इलेक्ट्रिक गाडीको बढ्दो बजारलाई ध्यानमा राख्दै मुकेश अम्बानीले ठूलो बाजी लगाएका छन् । वास्तवमा, भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेडले विद्युतीय सवारी प्रविधि र सलुसन कम्पनी अल्टिग्रीन प्रोपल्सन ल्याब्स प्रालिमा ५०.१६ करोड भारुको हिस्सेदारी लिएको भारतीय मिडियाहरुले जनाएका छन्।

यसअघि मुकेश अम्बानीले चीनको लिथियम आयन ब्याट्रीको तुलनामा सोडियम ब्याट्री निर्माणमा लागेका थिए। त्यसैले मोबाइल इन्टरनेटपछि अब अम्बानीले भारतीय ईलेक्ट्रिक भेहिकलको क्षेत्रमा परिवर्तन ल्याउने तयारी गरेको मानिएको छ।

रिलायन्सले गत बिहीबार जानकारी दिएको छ कि कम्पनीको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी रिलायन्स न्यू इनर्जी लिमिटेडले अल्टीग्रीनसँग भारु १०० अंकित मूल्यमा ३४ हजार सिरिज ए शेयर खरिद गर्न सम्झौता गरेको छ। यो सम्झौता भारु ५०.१६ करोडको छ।

रिपोर्टकाअनुसार कम्पनीले अहिलेसम्म अन्य कुनै जानकारी खुलाएको छैन। तर, विद्युतीय सवारीसाधन क्षेत्रमा कम्पनीको लगानीसँगै जियो बिस्तारै विद्युतीय गाडी बजारमा प्रवेश गर्ने तयारी गरिरहेको अनुमान गरिएको छ।

मुकेश अम्बानीको कम्पनी रिलायन्स इन्डस्ट्रिज लिमिटेड र बेलायतको ऊर्जा क्षेत्रको विशाल कम्पनी बीपीले केही समय अघि संयुक्त उद्यम जियो बीपी अन्तर्गत भारतको पहिलो र सबैभन्दा ठूलो सबै विद्युतीय सवारी-हेलिङ प्लेटफार्म ब्लूस्मार्टको घोषणा गरेको थियो। यो साझेदारीले व्यावसायिक ईभी चार्जिङ स्टेशन नेटवर्क भारतभर स्थापित गर्ने बताईएको छ।

प्रकाशित: ८ फाल्गुन २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार