न्यूयोर्क टाइम्सले वर्डल गेममा ल्याएको परिवर्तनबाट फ्यानहरु निराश

  • Technology Khabar | ६ फाल्गुन २०७८, शुक्रबार
न्यूयोर्क टाइम्सले वर्डल गेममा ल्याएको परिवर्तनबाट फ्यानहरु निराश

काठमाडौं ।

चर्चित गेम वर्डल आफ्नो वेब एड्रेसबाट न्यूयोर्क टाइम्समा सरेकोमा केही फ्यानहरु निराश भएका छन्।

हाल दैनिक रुपमा पुरानै वेब एड्रेसमा वर्डल गेम खेलिरहेका (पुरानै वेबसाइटबाट डाउनलोड गरेर ब्राउजर रिफ्रेश नगरेका हरु)ले गेममा न्यूयोर्क टाइम्सको भर्सनबाट नयाँ शब्दहरु समाधानका लागि दिइन थालेपछि निराश भएका हुन्।

यस्तो हुनुको पछाडि न्यूयोर्क टाइम्सले आफूलाई अलि असुहाउँदा लागेका ५ अक्षरका शब्दहरु हटाउनु रहेको बीबीसीले जनाएको छ।

तर उक्त पत्रिकाले अन्य ठूला फ्यानहरुले लगाएको वर्डल झन् झन् असहज हुँदै गएको भन्ने आरोपलाई भने नकारेको छ।

हास्य कलाकार ट्रेभर नोहले थुप्रै फ्यानहरुको भावनालाई समेट्दै ट्विटरमा यस्तो लेखेका छन्, ‘न्यूयोर्क टाइम्सले लिएदेखि वर्डल रमाइलो छैन। यस्तो सोच्ने म मात्रै हो कि?’

प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार