
काठमाडौं ।
पछिल्ला केही वर्षहरूमा, स्मार्टफोन निर्माताहरूले स्मार्टफोनको ब्याट्री क्षमतालाई बढावा दिनुको सट्टा चार्जिङको गति बढाउनमा ध्यान केन्द्रित गरेका छन्।
कम्पनीहरूले आ-आफ्नो स्मार्टफोन मोडलहरूमा फास्ट चार्जिङ सपोर्ट ल्याइरहेका छन्, जसमा प्रयोगकर्ताका फोनहरू छोटो समयमा पूर्ण रूपमा चार्ज हुन्छन्। हाल फ्ल्यागशिप स्मार्टफोनहरूमा १२० वाटको फास्ट चार्जिङ क्षमता ल्याइएको छ। तर चाँडै नै १५० वाटको फास्ट चार्जिङ क्षमता बजारमा आउने देखिएको छ।
चिनियाँ टेक ब्राण्ड शाओमीले चाँडै १५० वाट फास्ट चार्जिङ सपोर्ट ल्याउने तयारी गरिरहेको छ।
गीज्मोचाइनाको एक रिपोर्टले टिप्स्टर डिजिटल च्याट स्टेशनलाई उद्धृत गर्दै शाओमी कम्पनीले चाँडै नै आफ्नो स्मार्टफोनमा १५० वाट फास्ट चार्जिङ सपोर्ट ल्याउन लागेको जानकारी दिएको छ।
कम्पनीले हाल १५० वाट फास्ट चार्जिङको परीक्षण गरिरहेको बताइएको छ। कम्पनीले यो प्रविधिलाई शाओमी १२ अल्ट्रा वा शाओमी मिक्स लाइनअपमा ल्याउन सक्ने विश्वास गरिन्छ। यसबाहेक १५० वाट फास्ट चार्जिङको बारेमा अन्य कुनै जानकारी छैन्।
हालै कम्पनीले चीनमा लन्च गरेको रेडमी के५० सिरिजका गेमिङ एडिसन फोनमा १२० वाट फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ। जसमा कम्पनीले ६सी सेल ब्याट्री डिजाइन राखेको छ।
१०० वाट क्षमताको स्मार्टफोन चार्ज गर्न करिब २० मिनेट लाग्छ, जबकि १२० वाट फास्ट चार्जिङ क्षमताले स्मार्टफोनलाई १७ मिनेटमा पूर्ण रूपमा चार्ज गर्नसक्छ। यस्तो अवस्थामा १५० वाट प्रविधिले स्मार्टफोन चार्ज गर्न त्योभन्दा कम समय लिनेछ।
रिपोर्टकाअनुसार चाँडै नै १५० वाटको फास्ट चार्जिङ क्षमताको ठूलो उत्पादन सुरु हुने बताइएको छ।
प्रकाशित: ६ फाल्गुन २०७८, शुक्रबार