काठमाडौं ।
चिनियाँ कम्पनी लक्सशेयरले विद्युतीय गाडी निर्माणका लागि चेरी ग्रुपसँग रणनीतिक साझेदारीको सम्झाैता गरेको हो।
यी दुई कम्पनीबीच गत फेब्रुअरी ११ मा सम्झाैता भएको र आउने तीन महिनाभित्र विद्युतीय गाडी निर्माणको ज्वाइन्टभेन्चर बनाउने सहमति भएको डिजिटाइम्सले लेखेको छ।
लक्सशेयरको घोषणा अनुसार उसले उक्त नयाँ साझेदारीका लागि ५० करोड चिनियाँ यूआन वा ३० प्रतिशत दर्ता पुँजी लगानी गर्नेछ।
उक्त नयाँ जेभीले कारका उपकरण र पार्टपुर्जा सेगमेन्टमा लक्सशेयरको उपस्थिति अझ बढाउन सहयोग गर्ने अपेक्षा गरिएको छ। चीनबाट आएको एक रिपोर्ट अनुसार लक्सशेयरका अध्यक्ष वाङ लाइ-चुनले उनको कम्पनीले कारसँग सम्बन्धित सबै कुरा निर्माण गर्ने तथ्यालाई बारम्बार दोहोर्याएका थिए।
चेरी अटोको बिक्री २०२१ मा ९ लाख ६० हजार थान पुगेको थियो। यो आँकडा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतले बढी रहेको डिजिटाइम्समा उल्लेख छ।
प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार