ताजा समाचार

खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा

खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा
Global IME Bank

अनलाइन भुक्तानी सेवा प्रदायक खल्तीले खल्ती डिजिटल वालेट प्रयोग गरि ब्लुबुक नवीकरण शुल्क तिर्ने सुविधा ल्याएको छ । खल्तीले निजी सवारी साधन भएका प्रयोगकर्ताहरुको लागि लक्षित गर्दै सो सुविधा ल्याएको हो ।

यससँगै अब आफ्नो ब्लुबुकको शुल्क बिना कुनै झन्झट अनलाइनबाटै बिल तिर्न मिल्ने छ । यो सेवा बागमती प्रदेशका खल्ती प्रयोगकर्ताहरुले मात्र पाउने भएका छन् । त्यस्तै, आगामी दिनमा यो सुविधा देशभरि उपलब्ध गराइने छ।

यस्तो छ प्रकृया

प्रयोगकर्ताहरुले भुक्तानी गर्नु पुर्व सर्वप्रथम आफ्नो सवारीको सम्पूर्ण आवश्यक विवरणहरू अनलाइन भेहिकल रजिष्ट्रेसन सिस्टम ९भीआरएस० मा दर्ता गर्नुपर्ने हुन्छ । यो कार्य नागरिक एप या यातायात व्यवस्थापन सूचना प्रणालीको वेबसाइट मार्फत सहजै गर्न सकिन्छ । यसरी गरिएको दर्ता नेपाल सरकारद्वारा मान्यता प्राप्त हुन्छ ।

एक पटक दर्ता प्रक्रिया पूरा भएपछि प्रयोगकर्ताहरूले विभिन्न चरणहरू प्रयोग गरेर नवीकरण ब्लुबुक गर्न सक्छन् । पहिला खल्ती एप भित्र भएको गभरमेन्ट सर्विसेस् मा रहेको ‘ब्लुबुक रिन्यु’ मा नवीकरणमा ट्याप गर्ने र त्यसपछि आवश्यक विवरणहरू भरि भुक्तानी गर्ने खल्तीले जनाएको छ ।

नयाँ प्रयोगकर्ताले भुक्तानी गर्न साथ आफूले नवीकरण गरेको ब्लुबुकको बिल तुरुन्तै खल्तीमा प्राप्त हुनेछ भने भीआरएसद्वारा उपलव्ध गराईने बिल प्रयोगकर्ताहरुले १० मिनेटमा खल्तीबाटै प्राप्त गर्नेछन् । खल्ती होमपेजको ट्रान्ज्याक्शनमा गइ दुबै बिल प्राप्त गर्न सकिन्छ ।

थप प्रक्रियाको लागि ३० दिन भित्र सम्बन्धित सरकारी कार्यालयमा गई प्राप्त औपचारिक बिल पेश गर्नु पर्ने खल्तीले जनाएको छ।

Sajilo Visa
easy care