सामसंग ग्यालेक्सी ए नाइन प्रो २०१६ भारतमा सार्वजनिक

  • Technology Khabar | २ आश्विन २०७३, आईतवार
सामसंग ग्यालेक्सी ए नाइन प्रो २०१६ भारतमा सार्वजनिक

काठमाडौं ।

काठमाडौं, २ असोज । सामसंगले भारतीय बजारमा ग्यालेक्सी ए नाइन प्रोको (Galaxy A9 Pro) नयाँ संस्करण सार्वजनिक गरेको छ । ग्यालेक्सी ए नाइन प्रोको नयाँ भर्सन विशेषगरि यसको ब्याट्री क्षमताले गर्दा चर्चामा आएकोछ ।

सामसंगले ग्यालेक्सी ए नाइन प्रोको २०१६ (Samsung Galaxy A9 Pro (6) संस्करणमा ५,००० एमएएचको ब्याट्री राखिएको छ ।

यो स्मार्टफोनमा ग्लास मेटल डिजाइन छ भने ६ इन्चको सूपर एमोलेड फूल एचडी डिस्प्ले राखिएका छ । ग्यालेक्सी ए नाइन प्रो स्मार्टफोनमा १६ मेगापिक्सेलको रियर क्यामरा छ जसमा अप्टिकल इमेज स्टेब्लाइजेसन फिचर छ । त्यसैगरी यसमा ८ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा छ ।

फोनमा क्वालकमको स्न्यापड्रयागन ६५२ प्रोसेसरका साथमा ४ जीबीको र्याम तथा ३२ जीबीको इन्टरनल स्टोरेज छ जसलाई बढाएर २५६ सम्म पुर्याउन सकिन्छ ।samsung-galaxy-a9-pro

डयूल सिम सपोर्ट गर्ने यो स्मार्टफोनमा ६.० मार्शमाल्लोमा आधारित टचवीज यूआई उपलब्ध छ । ग्यालेक्सी ए नाइन प्रो २०१६ भर्सनको होम बटनमा फिंगरप्रिन्ट स्क्यानर पनि छ ।

गोल्ड, ब्ल्याक, तथा ह्वाइट कलर अप्सनमा उपलब्ध हुने यो स्मार्टफोन भारतीय बजारमा २६ सेप्टेम्बरदेखि उपलब्ध हुनेछ, जसको मूल्य भारु ३२,४९० तोकिएको छ ।

प्रकाशित: २ आश्विन २०७३, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार