
काठमाडौं ।
काठमाडौं, ३१ भदौ । भारतीय मोबाइल निर्माता कम्पनीले जेन मोबाइलले सस्तो स्मार्टफोन ‘एडमायर स्टार’ (Admire Star) सार्वजनिक गरेको छ । कम्पनीले भारतीय बजारलाई लक्षित गरेर सस्तो स्मार्टफोन ल्याएको हो ।
जेन मोबाइल ल्याएको एडमायर स्टारमा ४.५ इन्चको एफडब्ल्यूभिजीए डिस्प्ले राखेको छ भने १.३ गीगाहर्जको क्वाड कोर प्रोसेसर रहेको छ । यो फोनमा ५१२ एमबीको र्याम छ भने ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई बढाएर ३२ जीबी पुर्याउन सकिन्छ ।
यो सस्तो स्मार्टफोन एन्ड्रोयडको मार्शमाल्लो अपरेटिंग सिस्टम राखिएको छ भने फोटोका लागि ५ मेगापिक्सेलको रियर क्यामरा तथा १.३ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।
जेन एडमायर स्टारमा २,००० एमएएचको ब्याट्री राखिएको छ भने यसको मूल्य भारतीय बजारमा भारु ३,२९० तोकेको छ ।
प्रकाशित: ३१ भाद्र २०७३, शुक्रबार