नेपाल टेलिकमको एनटी फाइबरको ८ ओटा ठेक्का एउटै कम्पनीलाई

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
नेपाल टेलिकमको एनटी फाइबरको ८ ओटा ठेक्का एउटै कम्पनीलाई

काठमाडौं ।

-साजन सुवेदी

नेपाल टेलिकमले काठमाडाैं, हेटाैंडा र भरतपुर लगायतका ८ ठाउँमा एनटी फाइबर विस्तारका लागि जेनेक्स प्रा.लि. लाई जिम्मेवारी दिने भएको छ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, प्रादेशिक निर्देशनालय, काठमाडाैंले सोमबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै उस्तै प्रकृतिको ८ ओटा फरक  फरक ठेक्का सम्झाैता जेनेक्स प्रा लि लाई प्रदान गर्ने निर्णय भएको जानकारी दिएको हो।

सूचनामा निर्देशनालयले गत असोजमा आह्वान गरिएको बोलपत्र अनुरुप ‘सारभूत रुपमा न्यूनतम मूल्यांकित बोलपत्रदाता’ का रुपमा उक्त कम्पनीलाई उसले कबोल गरेको रकमसहित ८ ओटै परियोजनाका लागि छनोट गरिएको उल्लेख गरेको छ।

यस्तो छ जेनेक्स प्रालिले न्यूनतम मूल्यांकित बोलपत्र अनुसार कबोल गरेको रकम र परियोजना स्थलको विवरण:

क्र. सं.बोलपत्र नंसारभूत रुपमा न्यूनतम मूल्यांकित बोलपत्रदाताकबोल गरेको रकम
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०१/०७८-७९जेनेक्स प्रा लि, नेपाल१, ८०,९९, ९८७।८८
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०२/०७८-७९जेनेक्स प्रा लि, नेपाल१, ४२, ४०, ४४७।८१
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०३/०७८-७९जेनेक्स प्रा लि, नेपाल८७, ८६, ४७५।७७
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०४/०७८-७९जेनेक्स प्रा लि, नेपाल१, ११, ८७, ७९५।८१
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०५/०७८-७९जेनेक्स प्रा लि, नेपाल१,००, ९०, १७।१५
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०६/०७८-७९जेनेक्स प्रा लि, नेपाल५८, ९६, ८७२।०९
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०७/०७८-७९जेनेक्स प्रा लि, नेपाल१, ०८, ३४, १५१।१२
एनडीसीएल/एनसीबी/पीडी-केटीएम/०८/०७८-७९जेनेक्स प्रा लि, नेपाल४७, १९, ३२७।६७

 

यी बोलपत्रहरु काठमाडाैं उपत्यकाभित्र सुन्धारा, पाटन, नक्साल, चाबहिल, गोंगबु तथा बनेपा क्षेत्र र काठमाडाैंबाहिर भरतपुर र हेटाैंडा क्षेत्रभित्र एनटी फाइबरको जडान, मर्मत, उपभोक्ता सहजीकरण, सेवा तथा बिक्री प्रबर्द्धन गर्ने संस्थाहरु आउटसोर्स गर्नका लागि आह्वान गरिएको र त्यसै अन्तर्गत उक्त संस्ठा माथि उल्लेखित सबै ठाउँमा सबै प्रकारको सेवा दिनका लागि छानिएको सूचनामा उल्लेख छ।

यसरी ४७ लाखदेखि १ करोड ८० लाख रुपैयाँसम्मका आठ ओटा फरक फरक टेन्डर  एउटै संस्थाले पाउनु संयोग जस्तै देखिएको छ।

‘मिलेमतो होइन, संयोग हो’

तर यस्तो हुनुमा कतै चलखेल वा मिलेमतो पो भएको हो कि भन्ने प्रश्नमा टेलिकमका सह-प्रवक्ता रञ्जित लोहिया भन्छन्, ‘यसमा मिलेमतो वा चलखेल भन्ने कुरा हुँदैन। त्यसमाथि यी सबै टेन्डर फरक फरक हुन् र अलग अलग ठाउँका कार्यालयका लागि खुलाइएका हुन्। सबै ठाउँमा सोही कम्पनीले सारभूत रुपमा न्यूनतम मूल्यांकनको बोलपत्र हालेकोले छानिएको हो। सबै ठेक्का एउटै कम्पनीले पाउनु संयोग मात्र हो।’

टेलिकमका प्राविधिकहरु पनि खटाइने

उनका अनुसार देशभर नै यस्ता कामहरु सञ्चालन हुने र फाइबरबाहेक कपर नेटवर्कको काम पनि चलिरहेकाले टेलिकमका प्राविधिकहरु अपुग भएका ठाउँका लागि बाहिरी संस्थालाई आउटसोर्स गर्नुपरेको हो।

‘आफ्ना प्राविधिकहरुलाई काम नलगाई बाहिरी संस्थालाई आउटसोर्स गर्न लागिएको होइन। समयमै काम सक्न अपुग भएका ठाउँमा मात्रै  बाहिरी संस्थालाई जिम्मेवारी दिइएको हो।’

छानिएको संस्थाको कामको अनुभवका बारेमा सह-प्रवक्ता लोहिया यसो भन्छन्, ‘टेन्डरका लागि छानिने प्रावधान न्यूनतम मूल्यांकन भए पनि बोलपत्र बुझाउने संस्थाहरुको बायो-डाटा तोकिएको ‘योग्यता’ पुग्ने भएपछि मात्र छनोट प्रक्रियामा सहभागी गराइन्छ।’

उक्त संस्थाले तोकिएका काम पूरा गर्न सबै टेन्डरका लागि १ वर्षको समय दिइएको र कार्य सम्पादन तथा लक्ष्य प्राप्तिको अनुगमन भने मासिक रुपमा हुने सह-प्रवक्ता लोहियाको भनाई छ।

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...