काठमाडाैं उपत्यकामै मोबाइल सेवा गुणस्तरहीन, दूरदराजमा झन् कस्तो होला?

  • Technology Khabar | ५ फाल्गुन २०७८, बिहीबार
काठमाडाैं उपत्यकामै मोबाइल सेवा गुणस्तरहीन, दूरदराजमा झन् कस्तो होला?

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणकले हालै काठमाडाैं उपत्यकामा गरेको मोबाइल सेवाको गुणस्तर परीक्षण (ड्राइभ टेस्ट) मा कुनै सबै सेवा प्रदायक खरो उत्रन सकेनन्।

प्राधिकरणले गत पुष १६ देखि २७ गतेसम्म गरिएको उक्त ड्राइभ टेस्टमा नेपाल टेलिकम, एनसेल तथा स्मार्ट टेलिकमका मोबाइल सेवाहरुको गुणस्तर मापन गरिएको थियो।

चलायमान सवारी साधनमा जडान गरिएको परीक्षण उपकरणद्वारा लगातार फोन कल तथा डाटा प्रयोग गरेर मोबाइल सेवाको मुख्य मुख्य सेवा मानकहरुको परीक्षण गरिएको थियो।

सेवा प्रदायकको आफ्नै नेटवर्कभित्र १२० सेकेन्ड लोकल कल गरेर उक्त परीक्षण गरिएको थियो।

काठमाडाैं उपत्यकाको कुनै एक निश्चित ठाउँमा उपलब्ध सबै सेवा प्रदायकहरुको गुणस्तर मापन समानान्तर रुपमा एकैपटक गरिएको हो।

यस प्रक्रियामा फोरजी/थ्रीजी/टूजी मध्ये सबैभन्दा अनुकूल नेटवर्क स्वचालित रुपमा छनोट हुने गरी उपकरणमा व्यवस्था गरिएको प्राधिकरणले रिपोर्टमा उल्लेख गरेको छ।

यस्तो छ विवरण:

नेपाल टेलिकम एनसेल स्मार्ट टेलिकम मापदण्ड
कल सेटअप सक्सेस रेट ८९ ९२ ७२ ९९.९९%
कल सेटअप टाइम ९.३२ ६.२४ ११.५४ ५ सेकेन्ड
कल ब्लक रेट ११ २८ २ %
कल ड्रप रेट ४.३८ १.१८ १० २ %

प्राधिकरणले तोकेको भ्वाइस सेवाको गुणस्तरका कल सेटअप सक्सेस रेट, कल सेटअप टाइम, कल ब्लक रेट तथा कल ड्रप रेटका मानकमध्ये एउटामा एनसेलले मापदण्ड पूरा गर्न सकेको देखिन्छ भने बाँकी सबै शीर्षकमा एनसेल, नेपाल टेलिकम तथा स्मार्ट टेलिकमको सेवा मापदण्डमा तोकिएको भन्दा निकै कमजोर भएको परीक्षणले देखाएको छ।

सबै सेवा प्रदायकका केन्द्रीय कार्यालयदेखि विभिन्न सेवा सुविधा उपलब्ध काठमाडाैं उपत्यकामा नै मोबाइल सेवाको गुणस्तर खस्कँदो पाइएको छ भने झन् दूरदराजको अवस्था कस्तो होला?

प्रकाशित: ५ फाल्गुन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...