Bajaj RE महा टेष्ट ड्राइभ मेलामा २७ वटा Bajaj RE बुकिंग

Technology Khabar २६ भाद्र २०७३, आईतवार

काठमाडौं ।

काठमाडौं, २६ भदौ । नेपालमा Bajaj RE थ्री ह्वीलर (टेम्पु) विक्री गर्ने अधिकृत विक्रेता हंसराज हुलासचंदले नेपालमा Bajaj RE उपलब्ध गराउँदै आएको छ । Bajaj RE को बारेमा जानकारी दिने र Bajaj RE सवारीधनीहरुलाई मनोरञ्जन दिने उद्धेश्यका साथ बाँके कोहलपुरमा यहि भदौ २५ गते Bajaj RE महा टेष्ट ड्राइभ मेला सम्पन्न गरेको छ ।

विश्वको प्रमुख थ्री ह्वीलर Bajaj RE ले नेपालीहरुलाई स्वदेशमा नै रोजगार प्रदान गर्ने उद्धेश्यका साथ नेपालमा Bajaj RE बिक्री गर्दै आएको छ । वैदेशिक रोजगारमा गएर फर्किएका तथा वैदेशिक रोजगारमा जान लागेका नेपालीहरुलाई देशभित्रै रोजगारीको अवसर सिर्जना गरि आर्थिकरुपमा सम्पन्न बनाउन Bajaj RE टेष्ट ड्राइभ मेला आयोजना गरेको जनाएको छ । यसको मूख्य नारा एउटा यस्तो लगानी जसले गर्दछ शुरुको दिन देखि नै आम्दानी रहेको छ ।

कार्यक्रममा २,००० भन्दा बढि मानिसहरु सहभागी भएका थिए । मेलामा ६५० वटा टेस्ट राइड प्रदान गरिएको थियो भने २७ वटा Bajaj RE बुकिंग भएको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: २६ भाद्र २०७३, आईतवार

तपाइको प्रतिक्रिया