क्वालकम र फरारी एफ१ टिमबीच सम्झाैतापत्रमा हस्ताक्षर

  • Technology Khabar | २७ माघ २०७८, बिहीबार
क्वालकम र फरारी एफ१ टिमबीच सम्झाैतापत्रमा हस्ताक्षर

काठमाडौं ।

अमेरिकी चिपनिर्माता कम्पनी क्वालकमले २०२२ फर्मुला वन विश्व च्याम्पियनको सँघारमा फरारीसँग साझेदारीपत्रमा हस्ताक्षर गरेको छ।

अमेरिकाको सान डिएगोमा रहेको उक्त कम्पनीले ‘डिजिटल रुपान्तरण प्रक्रिया लाई गति दिने उद्देश्यका लागि मजबुत प्राविधिक प्रभाव’ प्रदान गर्ने कम्पनीलाई उद्धृत गर्दै जीएसएमएरिनाले उल्लेख गरेको छ।

यसको बदलामा उसले आफ्नो स्न्यापड्रागन लोगो आगामी फेब्रुअरी १७ मा इटलीको मारानेल्लोमा अनावरण हुने तय गरिएको फरारी एफ१-७५ कारमा टाँस्न पाउनेछ।

फरारीका सीईओ बेनेडिट्टो भिग्नाले उक्त सहमति डिजिटल प्रविधि तथा वेब ३.० सम्बन्धी कम्पनीको ज्ञानलाज्ञ बढाउने विचार व्यक्त गरे।

यस्तै क्वालकमका सीईओ क्रिस्टियानो आमोनले आफू स्न्यापड्रागन डिजिटल च्यासिसमार्फत् फरारीका ग्राहकलाई विश्वस्तरको चालक अनुभव प्रदान गर्ने उक्त नयाँ सम्झोताबारेमा उत्साहित भएको जानकारी दिए।

सामान्य हिसाबमा यो एउटा विज्ञापनको सम्झाैता भएको र क्वालकमले फरारीलाई आफ्नो स्न्यापड्रागन ब्राण्डको प्रचार प्रसारका लागि रकम तिर्ने जीएसएमएरिनामा उल्लेख छ।

प्रकाशित: २७ माघ २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...