
काठमाडौं ।
विश्वभर विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएको छ। कम्पनीहरूले पनि एकपछि अर्को गर्दै विस्तार गर्दै आएका छन्। चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी एक्सपेङ्ग (XPENG) मोटर्स स्विडेनमा प्रवेश गर्ने पहिलो चिनियाँ ईलेक्ट्रिक भेहिकल कम्पनी बनेको छ।
नर्वेमा प्रवेश गरेपछि कम्पनीको लागि यो दोस्रो युरोपेली बजार हो। स्मार्ट कार निर्माता एक्सपेङ्ग मोटर्सले हाल स्वीडेनमा आफ्नो पहिलो स्टोर स्थापना गरिरहेको छ। यस स्टोरका फोटोहरू रेडीटमा लीक भएका छन्। यो स्टोर वेस्टफिल्ड मल, स्क्यान्डिनेभियामा स्थित छ।
यो विकास विदेशमा सेवा सञ्चालनको लागि कम्पनीको योजना अन्तर्गत आएको हो। केही हप्ता अघि, एक्सपेङ्ग मोटर्सले आफ्नो निर्यात बढाउन २०२२ मा थप युरोपेली बजारहरूमा प्रवेश गर्ने योजना बनाएको बताएको थियो।
कम्पनीले यसअघि स्वीडेनमा एक्सपेङ्ग अनुभव केन्द्र सन् २०२२ को पहिलो त्रैमासिक अर्थात जनवरी र मार्च बीचमा खोल्ने घोषणा गरेको थियो । यदि त्यो टाइमलाइनमा विश्वास गर्ने हो भने कम्पनीले शोरुम आगामी हप्ताहरूमा खोल्न सक्छ।
कम्पनीको नर्डिक क्षेत्रका प्रबन्धक, एल्विस चेङले दावी गरेअनुसार स्क्यान्डिनेभियाको वेस्टफिल्ड मल स्वीडेनका मानिसहरूलाई पुग्नको लागि उत्तम ठाउँ हो। यस स्थानमा, कम्पनीले मानिसहरूलाई तिनीहरूको मोडेलको टेस्ट ड्राइभ गराउनेछ।
एक्सपेङ्ग मोटर्सका सह-संस्थापक र सीईओ ही सियाओपेङले स्वीडेन बाहेक, कम्पनीले यो वर्ष थप दुई युरोपेली बजारहरू डेनमार्क र नेदरल्याण्ड्समा प्रवेश गर्ने योजना बनाएको बताएका छन्।
कम्पनीले नर्वेमा पनि आफ्नो उपस्थिति विस्तार गर्नेछ।
प्रकाशित: २० माघ २०७८, बिहीबार