मोडल ३ मा समस्या भएको बताउने चिनियाँ इन्फ्लूएन्सर विरुद्ध टेस्लाद्वारा मुद्दा

  • Technology Khabar | १८ माघ २०७८, मंगलवार
मोडल ३ मा समस्या भएको बताउने चिनियाँ इन्फ्लूएन्सर विरुद्ध टेस्लाद्वारा मुद्दा

काठमाडौं ।

विद्युतीय सवारी साधन निर्माता ‘टेस्ला’ अहिले चीनमा अदालती लडाइँ लडिरहेको छ। कम्पनीले सामाजिक सञ्जाल इन्फ्लूएन्सरमाथि आरोप लगाएकोक छ। सामाजिक सञ्जालका इन्फ्लूएन्सरहरूले टेस्लाको ‘मोडल ३’ कारको बारेमा गलत दाबी गर्दै कार खराब भएको बताएपछि समस्या भएको हो ।

हाल कम्पनीको चिनियाँ शाखा अदालतमा पुगेको छ। आरोप लगाइएको सामाजिक सञ्जाल इन्फ्लूएन्सरहरूको १ करोड ४० लाखभन्दा बढी फलोअर्स छन् ।टेस्लाको मोडल ३ सबैभन्दा लोकप्रिय इलेक्ट्रिक कार मध्ये एक हो।

सामाजिक सञ्जालका इन्फ्लूएन्सर जियाओगाङ जुएझाङ, जो कार विज्ञको रुपमा चिनिन्छन् र उनका फलोअरहरूको ठूलो संख्या छ। टेस्ला चीनको आधिकारिक विज्ञप्ति अनुसार, सोशल मिडिया इन्फ्लूएन्सरलाई कम्पनीले मानहानिको लागि मुद्दा दायर गरेको छ। यो केस ब्लगरहरू र सोशल मिडिया इन्फ्लूएन्सरहरूलाई टेस्ला गाडीहरूको बारेमा गलत जानकारी दिनबाट रोक्न टेस्लाले उठाएको कदम भएको बताईएको छ।

त्यसअघि गल्ती गर्नेहरूलाई उनीहरूको झूटा दावीहरूको सार्वजनिक रूपमा माफी माग्न सल्लाह दिइयो, अन्यथा त्यहाँ मुद्दा गर्ने चेतावनी दिईएको थियो। त्यसपछि धेरै ब्लगरहरूले सार्वजनिक रूपमा स्वीकार गरे कि तिनीहरूको दाबी भ्रामक थियो। तर जियाओगाङ जुएझाङ भने आफ्नो दावीमा अडिग रहेका छन्, त्यसपछि टेस्ला अदालत गएको छ।

यो चीनमा सामाजिक सञ्जाल इन्फ्लूएन्सरहरु विरुद्धको सबैभन्दा ठूलो मुद्दा हो।जियाओगाङ जुएझाङले कारको परीक्षण र ट्युनिङसँग सम्बन्धित धेरै भिडियोहरू बनाएका छन्। यी टिकटकको चिनियाँ संस्करण डोयूयिनमा पोस्ट गरिएको छ। जियाओगाङ जुएझाङको विरूद्धको मुद्दा अप्रिल २०२१ को दुई ओटा भिडियोलाई लिएर हो। यी भिडियोहरूमा उनले टेस्ला मोडल ३ मा रहेको अटोमेटिक इमर्जेन्सी ब्रेकिङ सिस्टमलाई एक्सपेङ्ग पि ७ (XPeng P7) इलेक्ट्रिक कारसँग तुलना गरेका छन्। जसमा टेस्लाको आपतकालीन ब्रेकिङ प्रणाली दुई पटक असफल भएको बताईएको छ।

जुएझाङको दाबीलाई केहि टेस्लाका क्रेताहरुहरूले नै चुनौती दिएका छन्। उनीहरुले जुएझाङले जानाजानी आफ्नो खुट्टा एक्सीलेटरमा राखेको हुन सक्ने बताएका छन्। जुएझाङले कम्पनीका विरोधीहरूको निर्देशनमा टेस्ला विरुद्ध यो अभियान चलाएको दाबी गरिएको छ।

यो मुद्दा कसरी अगाडि बढ्छ भन्ने अझै स्पष्ट छैन। तर यसले सवारी साधनहरूको बारेमा गलत दाबी गर्नेहरूलाई पाठ सिकाउने कार्यको रूपमा काम गर्ने टेस्लाले आशा गरेको छ।

प्रकाशित: १८ माघ २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार