आईएमई लाइफ इन्श्योरेन्सको मस्कट ‘डिजिमी’ सार्वजनिक, ग्राहकसँग संवाद गर्ने

  • Technology Khabar | १७ माघ २०७८, सोमबार
आईएमई लाइफ इन्श्योरेन्सको मस्कट ‘डिजिमी’ सार्वजनिक, ग्राहकसँग संवाद गर्ने

काठमाडौं ।

आईएमई लाइफ इन्श्योरेन्सको फेसबुक पेजमा १०००० लाईक पुगेको छ। कम्पनीले जनाएअनुसार उक्त सबै लाईक आफ्ना कर्मचारी, अभिकर्ताहरु, ग्राहकहरु तथा हितैषीहरुको सामूहिक प्रयासबाट प्राप्त अर्ग्यानिक लाईकमात्र बाट सम्भव भएको हो । यसको लागी छुट्टै बिज्ञापन गरिएको थिएन ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आईएमई लाइफ इन्श्योरेन्सको प्रतिनिधित्व गर्ने मस्कट पनि सार्वजनिक गरे।

अबको युग डिजिटल प्रविधि उन्मुख रहेको हुनाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधि मार्फत गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मास्कट पनि रोबोट तथा मानवको हाइब्रिड स्वरुपमा लिएर आएको उनले बताए।

डिजिमी नाम दिएर सार्वजनिक गरिएको उक्त मास्कटले भविष्यमा ग्राहक तथा अन्य सर्वसाधारणहरुसँग आईएमई लाइफ इन्श्योरेन्स कम्पनिको प्रतिनिधिको रुपमा सम्वाद गर्ने कुरा समेत कम्पनीद्वारा जारि बिज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १७ माघ २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...