सुजुकीको भिटारा ब्रेजा सार्वजनिक, स्टलमार्फत लिमिटेड अप्सनको बुकिङ

Technology Khabar १५ भाद्र २०७३, बुधबार

काठमाडौं ।

काठमाडौं, १५ भदौ । सीजी नेक्स्ट जेनले नेपाली बजारमा स्पोर्टिएस्ट एसयूभीका रुपमा सुजुकी भिटारा ब्रेजा सार्वजनिक गरेको छ । काठमाडौंको भृकुटी मण्डप स्थित प्रदर्शनी स्थलमा आयोजना भइरहेको नाडा अटो शो–२०१६ मार्फत कम्पनीले भिटार ब्रेजा सार्वजनिक गरेको हो ।

नाडा मार्फत सार्वजनिक गरिएको नयाँ भिटारा ब्रेजालाई कम्पनीले ६ भिन्न संस्करण उपलब्ध गराएको छ । कम्पनीले नाडा अवधिभर ब्रेजाको लिमिटेड अप्सनपनि उपलब्ध गराएको जानकारी दिएको छ । लिमिटेड अप्सनमा कम्पनीले स्पोर्ट्स र ग्ल्यामर एडिशन उपलब्ध गराएको हो । कम्पनीका अनुसार विशेष एडिशनका यी कारको बुकिङ भने नाडा अवधिभर कम्पनीको स्टलमार्फत मात्र गर्न सकिनेछ ।

सार्वजनकि गरिएको नयाँ भिटारा ब्रेजाकोे शुरुवाती मुल्य रू. ३५ लाख ९९ हजार तोकिएको छ । सीजी नेक्स्ट जेन नेपालका लागि सुजुकी गाडीको आधिकारिक विक्रेता हो ।

कम्पनीले भिटारा ब्रेजा नेपाली  बजारमा सेग्मेण्टमै पहिलो पटक डुअल कलर स्किम सहित भित्र्यएको दाबी गरेको छ । कारमा उत्कृष्ट कार्य क्षमता प्रदर्शनीका लागि डीडीआईएस २०० ईञ्जिन जडान गरिएको छ । डीडीआईएस २०० डिजल ईञ्जिनले ९० पीएस शक्ति र २४ दशमलव ३ किलोमिटर प्रति लिटर माइलेज दिने कम्पनीको दावी छ ।

प्रकाशित: १५ भाद्र २०७३, बुधबार

तपाइको प्रतिक्रिया